काठमाडौं, १९ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो डिस्चार्ज गरिने तयारी गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।
प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरेर उपचारका क्रममा अस्पतालमा रहेका थिए । उनको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको बताउँदै डाक्टरहरुले कही दिन घरमै आरा मगर्न सुझाव दिएको जनाइएको छ ।