मनोरञ्जन

पृथक शब्द रचनामा ‘जुनि’ एल्बम

By Bala Adhikari

September 03, 2017

अहिलेको अवस्थामा नेपाली गीत संगीतमा धेरै नयाँ नयाँ कुराहरु देखा पर्न थालेका छन् । गीत संगीतमा आएको नयाँ प्रयोगले संगीतको स्तर पनि बृद्धि हुँदै जान थालेको छ । यस्तै अहिले बजारमा आएको “जुनि” एल्वम, जुन एल्वमको गीत सुन्दा अरु गीतको तुलनामा विल्कुलै फरक पाउन सकिन्छ ।

हवल्दार नीर प्रसाद गुरुङको रचनामा बनेको उक्त गीतमा नेपाली गीत संगीतको इतिहासमा पहिलो पटक एकल शब्द र संगीतमा एउटा पृथक नौलोपन भित्र्याएका छन् । उनले सार्वजनिक गरेको “जुनि” एल्बममा ४ वटा गित समावेश गरिएको छ । उक्त ४ वटा गीतको शब्द एउटै रहेको छ तर उक्त एउटै शब्दको गीतमा श्रोताहरुले अलग अलग कम्पोज सहितको सुर लयमा गीत सुन्न पाउनेछन् । उक्त एल्बमा समावेश गायक प्रमोद खरेलको स्वरमा सज्जित “यो जुनिमा बाचुन्जेल सम्म” बोलको गीत सार्वजनिक भएको गरिएको छ । यस गितका संगीत संयोजन बहुचर्चित बि. बि. अनुरागीले गरेका छन् भने दिपक सुनारले रेकर्डिङ र शुकुराम बिश्वकर्माले मिक्सिङ–मास्टेरिङ गरेका छन् । गीतको भिडियो पनि निकै राम्रो बनेको छ ।

प्रकाश धितालको निर्देशन र उत्सव दाहालको छायांकनमा तयार भएको सो भिडियोमा सनम कठायत र अन्जु चौलागाइको निकै नै उत्कृष्ट अभिनय गरेका छन् । सो गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् भने उक्त एल्बम भित्रको गीतको रचना एक्स–सर्विसमेन हवल्दार नीर प्रसाद गुरुङले एउटा पारिवारिक वातावरणलाई समेटेर बनाएको देखिन्छ । सार्वजनिक गरे सँगै उक्त गीतमा समावेश शब्दहरुको अधिकांशले प्रशंसा गरेको पाइएको छ । यस गीतको शब्द सुन्दर हुनुमा गीत रचना गर्दा धेरै भन्दा धेरै शब्दको “अनुप्रास” मेल खान आएको पाइन्छ ।

गुरुङ पढाईमा “एस एल सि” गरेपछी भारतिय सेनामा भर्ती भएर उनले मिलिटरी म्युजिक विङ्ग कलेज मध्य प्रदेश भारतबाट पश्चिमी संगीत ‘‘डो– रे– मि– फा’’ बाट “ईन्टर अफ म्युजिक” को पढाई गरे । यसका साथै उनले सैन्य संगीत डिपार्ट्मेन्टमा १७ साल काम गरी विभिन्न अनुभवहरु पनि बटुलीसकेका छन् । जर्नल वीर अमर सिंह थापाको पल्टन “द मलौन रेजिमेन्ट” १ र १ गोर्खा राईफल्समा सेवा गरेर हवल्दार रैन्कबाट इश्वी संवत २००२ मा सेवाबाट अवकाश लिएका गुरुङ हाल नेपाली गीत संगीत क्षेत्रमा निरन्तर रुपमा लागि परिरहेका छन् । उनले आफ्नो यो एल्बम धेरै लामो समयको प्रयास पछि निकालेको बताएका छन् । धेरै सोच विचार र मेहेनत पछि आफुले यो काम सम्भव पारेको उनको भनाई छ । उनको यो प्रयासले नेपाली गीत संगीतमा एउटा नयाँपन थपिएको छ । यस्तै यस्तै व्यक्तिहरुको प्रयासले नै आजसम्म नि नेपाली गीत संगीतको इतिहास बचिरहेको छ ।

नेपाली गीत संगीतको विकासको लागि आफु सदैव प्रयासरत रहेको उनको भनाई छ । उनि यति बेला नेपाल भन्दा बाहिर रहे पनि उनको मन भने नेपाली गीत संगीतमा नै खिचिएको छ । बिदेशमा ब्यस्त जीवनमा रहेका उनि गीत संगीतको लागि भने समयको कमि हुन् दिदैनन् । उनले आफ्नो यो फरक प्रयासलाई सबैले साथ दिने विश्वास रहेका छन् । आफ्नो यो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाब प्रदान गरिदिनको लागि पनि उनले सबैलाई आग्रह गरेका छन् ।