कभर स्टोरी

कृषकलाई व्यावसायिक बनाउन रुम्बामा सुन्तला महोत्सव

By Bala Adhikari

December 08, 2019

रुम्बा, मंसिर २२ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आजदेखि सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने एवंम सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले सुन्तला महोत्सव प्रारम्भ भएको छ ।

आयोजना गरिएको महोत्सवमा सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा सुन्तलाका स्टलहरु राखिएका छन् । मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले महोत्सव तीन दिनसम्म चल्ने जानकारी दिएका छन् ।

पाँच दर्जनभन्दा बढी घरपरिवारले कुरुम्बामा व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । सुन्तलाबाट अधिकांशले बर्सेनी लाखौँ आम्दानी गर्ने गरेका छन् । व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पु¥याएर बिक्री गर्ने समेत गरेका छन् ।

प्रदेश नं १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले महोत्सवको उद्घाटनमा गरेकी थिइन् ।