कभर स्टोरी

सर्वाेच्च अदालतको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

By Bala Adhikari

December 23, 2019

काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत रहेका छन् ।