पहिलेका सहिद हराए ! एैलेकाले ठुलो ठुलो स्वरमा कराए !! सहिदको पनि लामो लिस्ट बनाए ! जबर जस्ती सहिद पो जनाए !!
लोकतन्त्रलाई धेरै धेरैले भजाए ! जनतालाई रैती बनाई कजाए !! एक युगमा एक दिन त आयो ! उज्यालो कहिल्यै पनि आएन !!
देश र जनताले केही पनि पाएन ! लोकतन्त्रले लछारपाटो लाएन !! भोको पेटले केही खायो खाएन ? भान्सेलाई केही पनि थाहा भएन !!
जो भान्से बन्यो उसैका जहान अघाए ! जो जो भण्डारमा भए उही भण्डारी !! जस्जस्ले कजाईं पाए उही काजी भए ! रैतीजन भोट बेच्नमा नै राजी भए !!
सहिदलाई समयले पलायन बनाए ! जनकविहरु समेत गन्हाउनु गन्हाए !! झोपडिमा जनवाद सिकाउनेले पनि ! बुर्जुवाको शहरमा दरवार पो बनाए !!
वाह! समाजवाद !! क्यावात ! जनवाद !! स्यावास ! साम्यवाद !! जदौ ! जमानावाद !!