कभर स्टोरी

असंलग्न परराष्ट्रनीति कि ? अरुको रणनीति ??

By Bala Adhikari

December 26, 2019

विश्लेषक : राजेन्द्रप्रसाद पाठक

काठमाडौं, पुस १० । तात्कालिन राजा विरेन्द्रले पञ्चायत कालिन शासन ब्यावस्थामा अवलम्बन गरेको असंलग्न परराष्ट्रनितिको महत्त्व नबुझेर हो कि बुझेर पनि सकारात्मक सोचलाई सहज आत्साथ गर्न आत्मग्लानी भएर हो लोकतान्त्रिक शासन ब्यावस्थाका सञ्चालकहरु हिच्किचाई रहेका छन् ।

कुनै पनि राम्रो कुरा कामलाई इतिहासबाटै स्विकार्दै आउनु पर्नेमा हाम्रा शासकहरु आफुलाई अलग्गै ग्रहबाट उत्पति भएको जस्तो सावित गर्न खोजिरहेको महसुुस हुँदैछ । संसारभरका विकशित देशहरु आ(आफ्नो नीति संसारभरि फैलाउन उद्धत् भएर तेश्रो मुलुकतर्फ लम्किरहेका छन् । तर हामी भने हाम्रा सफल शासकहरुले अवलम्बन गरेको नितिलाई देशहितमा विस्तार गर्न ग्लानी महसुुस गरिरहेका छौं ।

हिजोका दिनमा अमेरिका र रुस जस्ता दुई शक्तिशाली देशको टकरावलाई विश्वले शितयुद्ध भनेर परिभाषित गर्दथ्यो भने आज त्यो अवस्थाको अन्त भएर अमेरिका र चीनको रणनीतिक प्रोपोगाण्डाले विश्व प्रताडित छ । उनिहरु दुवै आफुलाई शक्तिशाली सावित गर्न तेश्रो मुलुकतर्फ प्रभाव जमाउन लागि परिरहेका छन् । त्यसकै सकसपुर्ण परिणाम भोग्न हामी पनि बाध्य भैरहेको आजको अवस्थालाई चिर्न सक्ने हाम्रो आफ्नै रणनीति भने नेताहरुले पहिल्याउन सकिरहेका छैनन् ।

हामीसंग नीति नभएर भन्दापनि नेतृत्वको संकुचित भाव र फराकिलो सोचको अभावका कारण यसो हुन गैरहेको सहजै महसुुस गर्न सकिन्छ । अमेरिका हिन्द प्रसान्त रणनीति अन्तर्गत भारतको मातहतमा दक्षिण एसियाली मुलुक सञ्चालन होस् र त्यसबाट प्राप्त हुने जस आफुमा आओस् भन्ने चाहना राख्दछ । यसै रणनीतिलाई लिएर विचार र शक्तिको संप्रेषण गर्ने र संसारको श्रोतसाधनको एकीकरण गर्ने सोच वैचारिक रणनीतिबाट साध्य गर्न चाहिरहेको छ ।

यसको प्रत्येक्ष प्रभाव चीन वा अन्य प्रतिस्प्रधीमाथी परोस् भन्ने चाहना राख्दछ । भने उता चीन वैचारिक बाटोबाट नभई भौतिक बाटो सिल्करोडको अवधारणाबाट संसारभरी आफुद्वारा उत्पादन भएको मालसामान सस्तो दररेटमा संसारलाई वितरण गरेर बजार अर्थतन्त्रको एकीकरण गर्न चाहिरहेको छ । यी दुवैको प्रतिस्प्रधाको चेपुवामा नेपाल परिरहँदाको अवस्थामा उम्कने सहज उपाए भनेको असंलग्न परराष्ट्रनीति नै थियो तर पञ्चायत कालिन रणनीति भएको र अहिलेका शासकमा संकुचित सोच भएकै कारण यस्तो सफल रणनीति लागू गर्न हामी चुकिरहेका छौं ।

समय र विचार मात्र राजनीतिमा अति बलवान् सावित हुन सक्छ भन्ने सम्मको विश्लेषण गर्न नसक्नु आजको प्रमुख कमजोरी हो भन्ने निष्कर्षमा पुगेको अवस्थामा मात्र अरुको रणनीतिबाट मुक्ति पाईएला नत्र अरुकै दास बन्ने र अरुकै दानापानीमा भर पर्नु शिवाय अरु उपाय देखिएको छैन । हालको अवस्तामा अर्काे तेश्रो ध्रुविय नेतृत्व गर्नेमा पनि पश्चिमाहरु नै छन् ।

क्रिष्चियन धर्मलाई आफ्नो रणनीति बनाएर संसारभरी धार्मिक आन्दो लन लैजाने र यसैद्वारा विश्व एकीकरण गर्ने सोचमा अघिबढेका युरोपेली देशहरुको अर्काे थप बलियो साम्राज्यवादी रणनीतिले अझै विश्व संकृती र संपदालाई ध्वस्त पार्न सक्छ । त्यसैले बेलैमा सोच र्पुयाउन सकिए मात्र देशको अस्थित्व बचाउन सकिएला नत्र न रहे बाँस न बजे बाँसुरी नहोला भन्न सकिन्न । जय होस् !