कभर स्टोरी

क्यानडामा सातौं अन्तराष्ट्रिय टोपी दिवस तथा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ !

By Bala Adhikari

January 06, 2020

राजु थापा, लाेकसत्ता सम्वाददाता, क्यानडा ।

जनवरी ०५, २०२० । सगरमाथाको देश, शान्तिका दुत भगवान गौतम बुद्धको जन्म स्थल र हामी नेपालीहरुको राष्ट्रिय पहिचान र पोसाकको रुपमा लिइने टोपी लाई सातौं अन्तराट्रिय टोपी दिवसका रुपमा क्यानडामा पनि मनाईएको छ । एनआरएन क्यानडा नेपाली साहित्य समाज क्यानडा एनसीसी एसीसी( कम्युनिटी हाउस)र कास्की समाज क्यानडा को संयुक्त आयोजना मा आज जनवरी 1 तारिख 2020 का दिन “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश भव्य रूपमा मनाइयो ।

ग्रेटर टोरोन्टो स्थित ब्रामटनको एभरेष्ट तेक्वान्दो एकेडेमिमा सम्मन्न सातौ बिश्व टोपि दिवसमा जिटिए भित्र रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरु, ब्यापारि, पत्रकार लगायत नेपाली समूदायको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रूपमा अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एम पी पी दिपक आनन्द ले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

नेपाल तथा क्यानडाको राष्ट्यि गान बजाएर उद्घाटन गरिएको कार्यक्रमको संयोजक निवर्तमान एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले गरेका थिए भने कार्यक्रम संचालन एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले गरेका थिए । कार्यक्रम एनआरएनए क्यानडाका उपाध्यक्ष बिजय पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित हुन नसकेकाहरुले कफि पसलहरुमा बसेर र अन्य शहरहरूमा बिबिध कार्यक्रमहरू मार्फत पनि टोपि दिवस मनाएका थिए ।

राजधानी अटवामा पनि क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाको समुपस्थितिमा कार्यक्रम गरिएको थियो । सास्काटुनमा पनि टाेपिदिवस मनाइएकाे छ र

नेपाल र नेपालीहरुको पहिचान नेपाली टोपीले विश्व समुदायलाई नेपाल र नेपाली हो भनेर चिनाउने लगायत हाम्रा रितिरीवाज, धर्म संकृति र पहिचानलाई प्रतिनिधित्व गर्दछ । क्यानडाको जि.टि.ए. मा बसोवास गर्ने विभिन्न पेशामा आबद्ध रहनु भएका नेपालीहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको हो । विगत ७ बर्ष देखि अंग्रेजी नयां बर्षका दिन क्यानडामा टोपि दिवसका रुपमा मनाउदै आइरको छ साथै  संसार भरिनै बिभिन्न कार्यक्रम गरि आ आफ्नो तरिकाले टोपी दिवस मनाउने गरिएको छ । नेपालीहरुको राष्ट्रियता, पहिचान, इज्जत र सानलाई सधै कायम राख्न आउदा दिनमा यसलाई अझ बृहत रुपमा लैजानु पर्ने आवस्यकता देखिएको छ ।

नेपाली संस्कृतिको जगेर्ना र नेपाली टोपी लाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने उद्धेश्य लिएर क्यानडा बाट  सन् २०१० मा शुरू भएको टोपी इभेन्टले सन् २०१४ बाट अन्तराष्ट्रिय टोपी दिवशको रुपबाट मनाउन थालिएको हो ।

यसै गरि नेपालमा सरकारले नेपाल भ्रमण बर्ष २०२० को बृहत उद्घाटन गरि बर्षै भरि रास्ट्रिय पर्बका रुपमा मनाई करिब २० लाख पर्यटक भित्राउने उद्धेश्य लिएको छ भने यता क्यानडामा कास्कि समाजले उक्त भ्रमण बर्षको लागि ब्रामटन र मिसिसागा शहरमा मोटर र्याली मार्फत प्रचार प्रशार शुरु गरेको कुरा कास्कि समाजका अध्यक्ष रमेश केसीले जनाएका छन् ।