कभर स्टोरी

राष्ट्रिय एकता अमर रहोस् ! एकताकार अमर रहुन !!

By Bala Adhikari

January 10, 2020

काठमाडौं, पुस २५ । पुर्व टिष्टा देखि पश्चिम काँगडा त्यसै जोडिएको थिएन । बाईसे चौविसे राज्यको विघटन गरेर एउटा सिङ्गो सुन्दर शान्त नेपाल साना दुस्खले बनेको पनि थिएन । चानचुने साहसले यस्ता कार्य सम्पन्न हुने थिएनन् । हाम्रो सौभाग्य नै भन्नू पर्छ त्यसो नभईदिएको भए आज हाम्रो नेपाल भन्ने देश संसारको मानचित्रमा रहने पनि थिएन होला ! आज सम्म हामी वीर गोरखाली भनेर संसारले चिन्ने पनि थिएन होला !

हामी अभयका साथ बाँचेका थियौं छौं र रहिरहनेछौं । त्यसो हुनुको प्रमुख कारकतत्व भनेको हाम्रो राष्ट्रिय एकता नै थियो हो र होईरहनेछ । त्यसैले राष्ट्रिय एकता अमर रहोस् ! एकताकार अमर रहुन् !! विभिन्न समय काल परिस्थितिमा भएको राजनीतिक परिवर्तनले माथिको दुईपंङ्तिलाई आत्मसात गरेको छ । तर यदाकदा मलिनो स्वरहरुमा हाम्रो एकता र सार्वभौमसत्ता माथी आँच पुर्याउने स्वरहरु शब्दहरु बेला मौकामा गुञ्जिन खोज्छन् र फेरि आफै हराएर गैहाल्छन् ।

यसको प्रमुख कारण भनेको पनि एकताका विषयमा भएको अर्काे मजवुत अवस्था नै हो भन्दा फरक परोईन । गोरखालीको अथाह शाहस र उच्चकोटिको विश्वासलाई विश्वले स्विकार गरिसकेको छ । गोरखाली जति ईमानदार छन् त्यतिनै ईच्छाशक्तिले समेत मनवुत नै छन् । साहसिक व्यापार हाम्रो ब्राण्ड नै बनेको छ । संसारका अशान्त भुमिका जनता समेत हामी गोरखाली लाई नै मन पराउँछन् । त्यसैले हामी जति यौद्धा हौं त्यति नै शान्तिपृय पनि हौं । हामी भित्र अद्भुत गुण र योग्यता पनि छ । बनाउनेले बिगार्न पनि जानेको हुन्छ । सुधार्नेले भतार्न पनि जानेको हुन्छ ।

त्यस्तै यौद्धा आफै शान्तिको कारक पनि हो । हामी बुद्धका सन्तान , जानकी हाम्रो जगनमाता , भृकुटी हाम्रो भव्यता ,एकता हाम्रो विश्वास , एकताकार हाम्रा विश्वासका महान धरोहर हुन् । तात्कालिन बडामहाराज धिराज पृथ्वीनारायण शाहको अदम्य साहास र विजयी विश्वासले नेपाल राज्य खडा भएको हो । त्यहि जगमा ईंटा थप्ने अरु थप साहशिक वीर वीरंङ्गनाहरुकै कारण आज नेपाल देशको अस्थित्व विश्व मानचित्रमा प्रतिविम्बित छ ।

वीरको भुमिलाई कायम राख्न नेपाली सेनाले शुरुआत गरेको एकीकरण पैदलयात्रा अभियान बडामहाराजधिराज पृथ्वीनारायण शाहको आगामी पुस २७ गते सम्पन्न हुने शुभ जन्मोत्सव जयन्तीमा आएर मात्र समापन गरिने सार्वभौम सम्मानले हाम्रो वीर गोरखाली र त्यस देशसंग जोडिएको नेपाली सेनाले अपनत्व जगजाहेर गरिरहेको छ ।

यस्तो गरिमामय कार्यमा हामी समग्र देशवासी र देशको भलो चिताउनेहरुबाट सहयोग सद्भाव र हातेमालो हुनु पर्दछ । यसले हामिमा रहेको एकताको संदेश विश्वब्यापि रुपमा अगाडि बढ्नु पर्दछ अनि मात्र वीरको भुमी सदासर्वदा रहिरहनेछ । फेरि पनि हामी सबैले भनौं राष्ट्रिय एकता अमर रहोस् ! एकताकार बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन् !! विश्लेषक ः राजेन्द्रप्रसाद पाठक काठमाडौं !