विदेश

डेङ्गुका कारण १७ को मृत्यु

By Bala Adhikari

September 06, 2017

पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुंख्वा प्रान्तमा डेङ्गुका कारण जुन महिनाको १७ देखि अहिलेसम्म जम्मा १७ जनाको मृत्यु भएको पाइएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण अहिलेसम्म पाकिस्तानमा चार हजार २०० नागरिक प्रभावित बनेका छन् भने उनीहरूमध्ये केहीले उपचार गराइरहेका छन् । पाकिस्तानी शहर पेशावर अस्पतालको उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जानकारी गराएको छ ।

उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको र केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनाएको छ ।