कभर स्टोरी

सावधान ! कोरोना भाईसरको महामारी र नेपाल भ्रमणवर्ष २०२०

By Bala Adhikari

March 01, 2020

विश्लेषक : आरपी पाठक काठमाडौं

हाम्रो देश नेपाल सयौंवर्ष देखि विकास र उन्नतिशील थलो बन्न सकेन । हामीले कहिल्यै सरकारसंग केहिपनि अपेक्षा गरेनौं र पाएनौं पनि । जनताको तर्फबाट कहिंकतै हात पनि थापेनौं । नेपालीहरुले आफु आधापेट खाएर आफु भोकै सुतेर आगन्तुक र पनहुनालाई सक्दो भरथेग गर्याैं चाहे ती विदेशी हुन या त स्वदेशी ।

नेपालीहरुले दिईमात्र रहे चाहे देशलाई होस् चाहे नेताहरूलाई वा पार्टी संगठनलाई । जनताको हात हमेसा माथी नै रह्यो । रैती सधै ज्यामी मौरी झैं खटेर काम गर्छन् । बाहिर तत्व अरिङ्गाल र बच्छ्यौंको चपेटामा पनि यिनै पर्छन् । माथी उल्लेखित अरिङ्गाल शब्द मकैको खेति पुस्तकको रातो र कालो टाउके परजीवी कमिलाको शन्दर्भ जस्तो मानकका लागि प्रयोग भएको नठानियोस् । अरिङ्गाल र बच्छयौं मौरिका शत्रु हुन् ।

नेपालमा राजनीति गर्ने हुन् वा सिपाहीका गल्ला , सुन पखाल्ने हुन् वा तन्ना गम्छा बेच्ने देखि राडिकाम्लो हसिया नाम्लो खुकुरी देखि हिङ कानकोर्ने जिम्बु शिलाजित यार्सागुम्बा आदी सबैजसो घुमन्ते व्यापारीका सजिला खरिदार । हामी नेपालीहरु धामीझाँक्री देखि डाक्टर आम्ची कविराज वैद्य नक्कली नै भएपनि सबैका कुरा तत्कालै पत्याई हाल्ने र फुर्सदमा पछुताउने हाम्रो मौलिक विशेषता हो । हाम्रा आमा चेलीहरु गहनाधुने बनाउने सबैलाई गहना पुकालेर दिन्छन् । धोएर टलक्क बनाईदिन्छ अनि विस्तारमा गहना निलोकालो लेऊ खई लागेर आउन थालेपछि होस् आउँछ व्युँझदा घुमन्तेले डाँडो काटिसकेको हुन्छ ।

अनि देविदेवता भाक्यो सराप्यौ । उ जन्मको बाँकी रहेछ भन्यो चित्तशान्ती गर्याे बस्यो । हाम्रो विकशित संस्कार यहि यस्तै हुँदै आएको छ । राजालाई दियौं उनिहरुको पुस्तैनी हैसियत बन्यो । राणालाई दियौं उनिहरु पनि बने फेरि राजाको पालो आयो सोहि हालत । फेरि के के न दिने हवल्दारको हावादारी गफमा वहकियौं उहि जहानियाँ बनेर शासन गर्छ । प्रजातन्त्र र लोकतन्त्र भन्यौं त्यसले पनि लछारपाटो लायो । अब हामी गणतान्त्रिक अभ्यासमा लागेका छौं । त्यहाँ देखिएको सत्ताको छिनाझप्टिले झन् झन् जनताको र देशको बारेमा सोच्ने त तिनलाई समयनै कहाँ छ र ? को मन्त्री , प्रधानमन्त्री र राष्ट्रियपति बन्ने भन्ने समाचार रोजाना आई रहन्छ ।

उता विश्व सरुवा महामारी रोगले आक्रान्त भैसकेको छ । सातादिनमा हजार शैयाको नयाँ अस्पताल निर्माण गर्नसक्ने बलबुता भएको देशलाई खरानी बनाईसक्यो यता सय दुईसय वर्षमा पनि अर्काे वीर अस्पताल बनाउन नसक्ने राणाले कृपा गरेर बनाई दिएको अस्पतालमा दलाल भर्ना गरेर उसैको निगाहमा दुईचार पैसामा विकेर जनताको अस्पतालको वेहाल बजनाएर आफु राज्यकोषबाट औषधी उपचार खर्च लिएर सपरिवार आफन्त समेतको विदेश सयर गर्नेहरु संसारको रोगी र असाध्य रोगले ग्रस्त भएकाहरुलाई आईसोलेशन सेक्टर बनाउने संभावना सहितको नेपाल भ्रमणवर्ष मनाउँदै छन् ।

हिजो चीनमा वेहाल भएका एकसय असी जनालाई अलग्गै राखेर उपचार गर्न समेत नेपाली सेना गुहार्दै बल्लतल्ल संसारभरी बस्ने नेपालीहरुको दवावमा र विश्व सामु जवाफ दिन समेत नसक्ने अवस्थामा ल्याईएका नेपालीलाई उपचार दिन हम्मेहम्मे भएको सरकारले यो नेपाल भ्रमणवर्ष भन्दै विश्वका महारोगीहरुको सेल्टर नबनाउला भन्न सकिन्न । जानेर होस् नजानेर यिनिहरु नजिकको भागमा आँखा गाड्ने र चोख्या लगाउन मात्र सफल छन् । त्यसैले त संसार यत्रो महारोगको संक्रमण हुँदा समेत सत्ताकै वरिपरि मात्र घुमिरहेका छन् ।

उता भ्रमणवर्षको नाममा संसारका महारोगीहरु झिनो पैसामा रोग साँट्न तैयार भैरहेका पनि हुन् सक्छन् । संभावित आ्क्रमण हुनु अगावै सचेत भएर सरकारले यो वेमौसमको नेपाल भ्रमणवर्ष खारेज गरेर समयमा नै नाका शिल गर्न सकेन भने हामी नेपालीहरु वर्डफ्लुको हल्लामा जसरी खोरका ब्रोईलर कुखुरा मारिन्छन् उसैगरि महामारी रोगबाट मारिनुपर्ने नहोला भन्न सकिन्न ! जय होस् !! विश्लेषक स् आरपी पाठक काठमाडौं ।