समाचार

देशभर विविध कार्यक्रम गरी १४ औं निजामती सेवा दिवस मनाइँदै

By Bala Adhikari

September 07, 2017

काठमाडौँ, भदौ २२ । १४ औँ निजामती सेवा दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ यो दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । न्यौपानेले बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पु¥याएकाले यो वर्ष हर्षोल्लासका साथ दिवस नमनाइएको जानकारी गराए ।

एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको स्वास्थ्य मन्त्रालयले निजामती सेवा दिवसकै अवसर पारेर आज स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गर्दैछ । २०६० सालदेखि निजामती सेवा दिवस मनाउँदै आइरहेको नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

यो दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ । दिवसकै अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिइएको छ ।