कभर स्टोरी

एनआरएन अस्ट्रेलियाले बिध्यार्थीलाई एक महिना निशुल्क खाना प्रवन्ध गर्ने

By Bala Adhikari

March 20, 2020

उच्च अध्यनका लागि नेपालवाट अस्ट्रेलिया आएर कोरोना भाइरसको समस्यावाट प्रभावित नेपाली बिध्यार्थीलाई गैर आवासिय नेपाली संघले निशुल्क भोजनको ब्यवस्था गर्ने भएको छ ।

गैर आवासिय नेपाली संघको बिहीवार बसेको आकस्मीक बैठक बसेर अस्ट्रेलियाभर छरिएर रहेका नेपाली बिध्यार्थीको हितका खातिर यस्तो निर्णय गरिएको संघका प्रवक्ता नन्द गुरुङले बताए । गुरुङले भने, बिध्यार्थीको हकमा तिस दिन सम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रवन्ध गर्ने र आवश्यक परेको खन्डमा अन्य अत्यावश्यक बिषयमा पनि सहयोग गर्ने निणर्य भएको छ । पछिल्ला दिनहरुमा अस्ट्रेलीयाले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने निती बनाएपछि अध्यनका लागि अस्ट्रेलिया आएका कयैन बिध्यार्थीको यो समस्यावाट प्रभावित भएका थिए ।

हाल आवत जावतमै प्रतिवन्ध लगाइएको भएपनि केहि दिन अघिसम्म नेपाली बिध्यार्थीहरु अस्ट्रेलिया आउने क्रम जारी रहेको थियो । एनआरएनको कल्याणकारी योजना अनुरुप मुख्यतय बिध्यार्थी र उनिहरुका समस्यालाई ध्यानमा राखेर खानपीनको ब्यवस्थापन गरिन लागेको एनअराएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । हामीले यसका लागि बिभिन्नख राज्यमा राज्य समितीहरु मार्फत हट लाइन नम्बर प्रदान गरेर बिध्यार्थी र समस्या अनि उनिहरुलाई सहयोगको बाताबरण बनाउने प्रयास गरेका छौ, महासचिब रेग्मीले सुनाए ।

नेपालवाट अस्ट्रेलिया आइपुगेका कयैन बिध्यार्थीहरुले कोठा र काम समेत नपाउने अवस्था रहेको र त्यसमाथि दुइ हप्ता कोरन्टाइनमा बस्नु पर्ने आध्यताले धेरैलाई समस्याग्रस्त बनाएको हामीले सुनेका छौ, यसै कारण पनि उनिहरुलाई सानो भएपनि खानपीनमा सहयोग गर्न सकियो भने महत्वपुर्ण हन सक्छ भन्ने हाम्रो आसय हो ,संघका अध्यक्ष केशव कडेंलले बताए । कोरोना र आइसोलेसनमा बसेका मात्र होइन यसका कराण प्रभावित अन्यलाई पनि गारो सारो फुकाउने बिषयमा समेत छलफल गर्न सकिने अध्यक्ष कडेंलले सुनाए ।