कभर स्टोरी

सीड्नीमा नेपाली बिध्यार्थी बिच झगडा, एकको मृत्यु

By Bala Adhikari

March 25, 2020

कोरोना भाइरसले अस्ट्रेलिया अक्रान्त भइरहेका बेला सिड्नीको हर्षभिलमा नेपाली युवाहरु झैझगडामा उत्रदा एक नेपाली बिध्यार्थीको दुइ दिनपछि कोग्राह हस्पीटलमा मृत्यु भएको छ । दुइ दिनसम्म भेन्टीलेटरमा राखिएका ललितपुरका अमित कार्कीको हस्पीटलमा निधन भएको उनका नजिकका नातेदारले पृष्टी गरेका छन । सीडनीको हर्षभीलको पबमा दुइ बिध्यार्थीहरुको समुहबिच भेट भएर भनाभन भएपछि सो झगडा सुरुभएको थियो । पबमा दुइ पक्ष बिच भेट भएपछि केहि विबाद भएको र पबको सुरक्षाकर्मीले पाँंच जनाको एक समुहलाई पबवाट बाहिर निकालेको थियो । पछि सोही पाँच जनाको समुह पब बाहीर समुहलाई कुरेर बसेको त्यसपछिको बिवादमा ललीतपुर इमाडोल घर भएका अमीत कार्की सख्त घाइते हुन पुगेका थिए । पब भित्रको सानो झगडालाई लिएर बाहिर बसेको समुहले आक्रमक ब्यवहार देखाउँंदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा अमितको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो । उनलाई केहि ढिला गरेर प्रहरीले सडकमा भेटेपछि गम्भीर अवस्थामा सेन्ट जोर्ज हस्पीटल पुरयाइएको थियो । २३ बर्षिय अमित मृदुभाषी र बिध्यार्थीको हक हितमा लागिपर्ने युवा भएको उनलाई नजिकवाट चिन्नेहरु बताउछन । उनले यसअघि बिध्यार्थीको हक हितका बिषयमा थुप्रै कार्यक्रमहरु समेत गर्दै आएका थिए । झैझगडामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको र केहिलाई बेलामा छाडिएको थाहा भएको छ । पबवाट निकालिएका समुहको एक ब्यक्ती पनि घाइते भएको र उनी पनि हस्पीटलमै रहनुले बिवादले झगडाको रुप लिएको हुनसक्ने देखिन्छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केहि भन्ने अवस्था नरहेको जनाएको छ । झैझगडामा सामेल सबै उच्च अध्यन गर्न अस्ट्रेलिया आएका बिध्यार्थीहरु रहेका छन । केहि स्थानिय फुटबल क्लबमा आवद्ध खेलाडी समेत रहेका छन । सात समुन्द्र पारी आएर उच्च अध्यन गर्न आएका नेपाली बिध्यार्थी यस्तो रोगको माहामारीको बिच आपसी झैझगडामा उत्रनु लाजमर्दो बिषय भएको एनआरएन महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । पढन आएका बिध्यार्थीहरु दारु भट्टीमा फाइट खेल्ने कामले हाम्रो समाजलाई नराम्रो शन्देस दिएको र त्यसमाथि पनि एउटा उज्वल भबिष्य बोकेको युवाको निधनले नेपालमा रहेका अभिभावकमा कत्रो चोट पुगेको होला ,यो हाम्रो समुदायको लागि साच्चीकै राम्रो बिषय होइन, उनले सुनाए । यसै बिच एक नेपाली युवाले सीड्नीको स्टार्सफील्ड स्टेशनमा ज्यान गुमाएका छन । बिहान चार बजेतिर साथिभाइसँंग रमाइलो गरेर अर्वनवाट घर हिडेका गुरुङ थरका युवा स्टार्सफील्डको स्टेशनको ट्रेनको लिगमा मृत भटिएका थिए । हाल प्रहरी अनुसन्धानको क्रममा रहेको यस बिषयमा छानबिन भैरहेको छ ।