जिल्ला-विशेष

सबै स्थानिय तहहरु मध्य सतर्कतामा चम्पादेबी अगाडी

By Bala Adhikari

April 06, 2020

खिलानाथ दाहाल, चैत्र २४,ओखलढुंगा, ओखलढुंगा को चम्पादेबी गॉउ पालिकाले आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षा लाइ ध्यानमा राखि सबैभन्दा पहिले आफ्ना सबैजसो वाडहरुमा क्वारेन्टाइन बनाएर त्याहा खटिने स्वास्थ्यकर्मि हरुलाइ लकडाउन हुनु अगाबै बिसथान भन्दा बढी पिपिइ सेट र अन्य आबस्यक स्वास्थ्य सामाग्री दिएको छ। हाल महामारिको रुपमा बिश्वब्यापि फैलिरहेको कोरोना भाइरस को उच्च जोखिममा नेपाल रहेको कुरा डब्लु एच ओ ले सार्बजनिक गरे संगै चम्पादेबी गॉउपालिका ले आफ्ना नागरिक हरुको स्वास्थ्य सुरक्षा को लागि बिशेष ध्यान पुर्याउदै आफ्ना गॉउपालिका भित्रका वाडहरुमा करेन्टाइन स्थापना गरि उपचार मा खटिने स्वास्थ्यकर्मिहरु को पनि स्वास्थ्य को ख्याल गर्दै बिरामि लाइ उपचार गर्दा रोग नसरोस भन्ने हेतुले पिपिइ स्प्रे लगायत का सामग्रीहरु देशकै स्थानिय तह हरु भन्दा पहिले ब्यबस्था गरेको हो। लकडाउन हुनुभन्दा अगाबै आफ्ना गॉउपालिका का वडाहरुमा क्वारेन्टाइन लगायत बिभिन्न स्वास्थ्य सामाग्री औषधि हरुको जोहो गरेको चम्पादेबी गॉउपालिका ले लकडाउन को समयमा गॉउपालिका अध्यक्ष नवराज केसी,वडा नं ८ का वडाध्यक्ष अजय लुइटेल आफै सक्रिय भइ हाल गॉउपालिका बाहिर देशको बिभिन्न ठॉउमा बसोबास गर्दै दैनिक ज्याला मजुदुरी गरेर जिबिकोपार्जन गर्ने बिपन्न बर्गका आफ्ना नागरिक लकडाउन का कारण अलपत्र परेर भोकै बस्नु नपरोस भन्ने उदेस्यले बिभिन्न ठॉउमा गएर दाल चामल जस्ता खाद्य पदार्थ बितरण गरेको छ।बिशेष गरेर काठमान्डौ को लुभु, बाैद्ध, गौरीघाट, कुमारीगाल, बाेडे, निलबराहि , लगनखेल, सुन्धारा, साँखु, कपन, डल्लु,सीतापाइला, कीर्तिपुर, चण्डोल, पेप्सीकोला लगायतका क्षेत्रमा रहेका करिब करिब दुइसय असि भन्दा बढी परिवारलाई राहत वितरण गरेको र काठमान्डौ भन्दा बाहिर का अन्य ठॉउमा ज्याला मजदुरी गरेर अलपत्र पर्ने नागरिकहरुलाइ संभब भएसम्म आफैले र संभब नभए तेहीको स्थानिय तहलाइ अनुरोध गरेर ब्यबस्था मिलाइएको कुरा चम्पादेबी गॉउपालिका अध्यक्ष नवराज केसी ले जानकारी दिएका छन।अध्यक्ष केसीले गॉउघरमा खेति किसानगर्ने हुन्छन अलि अलि मकै,कोदो,गहत भएपनि अन्न उब्जाएका हुन्छन खॉदै गर्न हुन्छ तर शहरतिर बसोबास गरेर दैनिक ज्याला मजदुरि गरेर खानेहरु अलपत्र पर्ने भएकोले बाहिर बस्ने नागरिक हरुलाइ बिशेष प्राथमिकता दिएर पहिला बॉडेको कुरा पनि बताएका छन। पहिलो चरण को राहत गॉउपालिका बाहिर बस्ने नागरिक लाइ बितरण गरेर अध्यक्ष र प्रवक्ता रातारात गॉउपालिका फर्किए लगतै शनिवार कार्यपालिकाको आकस्मिक बैठक डाकेर बिभन्न बिषयमा छलफल र निर्णय गरेको छ।बैठकमा बिश्वब्यापि रुपमा फैलिएको महामारी कोरोना भाइरसलाइ मुख्य बिषय बनाएर आफ्ना नागरिक हरुको सुरक्षा मा केन्द्रीत भइ नागरिक सुरक्षा कोरोना कोष स्थापना गर्ने निर्णय गरेर बिभिन्न समिति गठन गरेको छ। बैठकले  कोष सञ्चालनका लागि गाउँपालिका  अध्यक्ष नवराज केसीको अध्यक्षतामा बिभिन्न समितिहरु समेत गठन गरेको छ ।नवराज केसी संयोजक रहेको समितिमा समितिमा उपाध्यक्ष निर्मलादेवी रैका, स्वास्थ्य संयोजक प्रेमप्रसाद सुवेदी, लेखापाल भोजराज खनाल सदस्य छन् । यस्तै समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। बैठकले  कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न समिति समेत गठन गरेको छ । जसमा कुलबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय राहात संकलन समिति रहेको छ। सम्याेजक :कुल बहादुर श्रेष्ठ सदस्य :झम्कहरि वडाल सदस्य :तिलक खड्का सदस्य :नैन ध्वज सुनुवार सदस्य :तिर्थ सुवेदी सदस्य :रुद्रप्रसाद घिमिरे सदस्य सचिव:राजन ढकाल राहत व्यवस्थापन सङकलन र वितरण समितिको संयोजक पालिका प्रबक्ता अजय लुइटेल रहेका छन । लुइटेल को संयोजकत्वमा राहत व्यवस्थापन सङकलन र वितरण समिति नौ सदस्यीय रहेको छ। संयोजक :अजय लुइँटेल सदस्य :उज्जन बुढाथोकी सदस्य :वल बहादुर तमाङ सदस्य :झलकमान तामाङ सदस्य :शसस्त्र प्रहरी बल घाेराखाेरि का प्रमुख सदस्य : प्रहरी चाैकि चुप्लु घाेराखाेरि का प्रमुख सदस्य : प्रहरी चाैकि पलापुका प्रमुख सदस्य :प्रहरी चाैकि ताप्केडाडा का प्रमुख सदस्य सदस्य सचिव: गाउँ पालिकाका ना सु सञ्जित बि क रहेका छन । वितरण भएको राहात दुरुपयोग नहोस भनि बितरित राहात अनुगमन समिति बनेको छ यो समिति संयोजक :निर्मला देवि रैका उपाध्यक्ष गा पा सदस्य :सुरेस थापा सदस्य :विष्णु पुलामि सदस्य :प्रेम प्रसाद सुवेदी सदस्य: प्रमुख प्रसासकिय अधिकृत रहेका छन। वडाअध्यक्ष विष्णु पुलामीको संयोजकत्वमा ११ सदस्यीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसमिति बनेको छ जनचेतना उच्च सतर्कता परामर्श तथ सरसफाई समिति संयोजक :विष्णु पुलामि सदस्य :गणेश खत्री सदस्य :खड्ग ब कार्कि सदस्य :सुजन पाैडेल सदस्य :हरि प्रसाद घिमिरे सदस्य :नरेन्द्र प्रसाद घिमिरे सदस्य :राेहित ढुङ्गेल सदस्य :अशाेक खड्का सदस्य :मदन कार्कि सदस्य :सबै स्वास्थ्य चाैकि तथा शाखा का प्रमुख । सदस्य सचिव:प्रेम प्रसाद सुवेदी कान्छा वडाअध्यक्ष उज्जन बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय दैनिक उपभोग्य वस्तु  खरीद बिक्री बजार व्यवस्थापन सहजीकरण तथा अनुगमन समिति निर्माण भएको छ । दैनिक उपभाेग्य वस्तु खरिद बिक्री बजार व्यवस्थापन सहजिकरण तथा अनुगमन समिति बुढाथोकि संयोजक रहेको समिति मा निम्न ब्यक्तिहरु रहेका छन। संयोजक :उज्जन बुढाथोकी सदस्य :विष्णुप्रसाद घिमिरे सदस्य :गणेश ब कार्कि सदस्य:आदित्य आले मगर सदस्य :अमिर बुढाथोकी सदस्य :डम्बर ब कार्कि सदस्य :मीन ब गरि सदस्य :घन ब खत्री सदस्य :चन्द्र ब कार्कि सदस्य :पृथ्वी कुमार मगर सदस्य :कुबेर कार्कि सदस्य :प्रेम न्याैपाने यस्तै चम्पादेवी गाउपालिकाभित्रका कोरोना नियन्त्रण, रोकथाम, उद्दार तथा क्वारेन्टाइन व्यवस्थापन समितिमा प्रेमप्रसाद सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । संयोजक :प्रेम प्रसाद सुवेदी सदस्य :डा हिमाल खरेल सदस्य :मदन कार्कि सदस्य: शसस्त्र प्रहरी बल घाेराखाेरि का प्रमुख सदस्य : प्रहरी चाैकि पलापुका प्रमुख रहेका छन। कोरोना नियन्त्रण तथा रोकथाम राहात व्यवस्थापन र वितरण कार्यबिधि २०७६ तत्काल निर्माणका लागि समेत झलकमान तामाङलाई संयोजक बनाएको कुरा गॉउपालिका ले जानकारी दिएको छ। कोरोना भारसको महामारी बाट आफ्ना नागरिक लाइ सुरक्षित बनाउने अभियान मा ओखलढुंगा को चम्पादेबी गॉउपालिका देशैभरिका ७५३ स्थानिय निकाय मध्ये अग्रस्थानमा रहेको पाइएको छ।यतिबेला राज्यले गर्न नसकिरहेको परिस्थितिमा आफ्ना नागरिक को सुरक्षाका लागि अहोरात्र खटिरहेका जनप्रतिनिधि हरुको चारैतिरबाट वाह वाहि भैरहेको छ।यसरी जनता का लागि जनप्रतिनिधि टोलटोलमा गएर भेटघाट र राहत मनोबल बढाएको देखेर जनाताहरु भन्न लागेकाछन कोरोना को महामारि बाट आफ्ना जनता को सुरक्षा मा चम्पादेबी गॉउपालिकाले जस्तो गरेर जनप्रतिनिधि भनेका तेस्ता हुनुपर्दछ!!ति जनप्रतिनिधि बाट सबैले शिकुन र हाम्रा जनप्रतिनिधि हरुले पनि तेसै गरुन ।।