कभर स्टोरी

समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलाप नीतिको आवश्यक : नेता सिटौला

By Bala Adhikari

September 08, 2017

भदौ २३ । विश्वेश्वरप्रसाद कोइरालाले देखाएको मार्ग र सिद्धान्त अनुसार काम गर्न सके मात्र समाज परिवर्तन हुन सक्ने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।

१०४ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समिति र नेपाल महिला संघ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले समाज परिवर्तनका लागि बिपीको मार्ग र सिद्धान्त आत्मसाथ गर्नुको विकल्प नरहेको बताएका छन् ।

समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलापको नीतिको आवश्यकता रहेको उल्लेख गरे । काँग्रेस भद्रपुर नगरसमितिका अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष राम कट्टेल, मेडिकल सुपरिटेण्डेण्ट डा पिताम्बर ठाकुर, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघकी क्षेत्रीय सभापति शर्मिला अधिकारी लगायतले मन्तव्य राखेका थिए ।