समाचार

“अवैध हातहतियार सहित पक्राउ,अनुसन्धान जारी,,

By Bala Adhikari

May 01, 2020

” ———————————————

राहुल गुप्ता बारा, २०७७ बैशाख, १८ गते ।

मिति २०७७/०१/१७ गते बेलुकी अं.१९:४५ बजेको समयमा इलका प्रहरी कार्यालय बारागढी, बाराबाट खटिएको प्रहरी टोलीले जि.बारा बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा ऐ.ऐ.बस्ने अं.बर्ष ३५ को मनोज राय नेटुवालाई फेला पारी निजको शरिर खानतलासि गर्दा कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा बन्दुक एक थान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि यस जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गरेकोमा निज उपर हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राख्नको लागि सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको ।