विदेश

विध्यार्थीलाई नर्सिङका नक्कली सर्टिफीकेट भिडाउदै गिरोह

By Bala Adhikari

May 19, 2020

लोकसत्ता सम्वादाता

काठमाडौ : अस्ट्रेलियामा नेपालीहरुले नक्कली लाइसेन्सको कारण कयैन अप्ठ्यारा समस्या भोगिरहनुपर्दा यतिखेर बिध्यार्थीहरुलाई प्रलोभनमा पारी सर्टिफीकेट थ्री र फोर जस्ता नर्सिङका अवैधानिक सर्टिफीकेटहरुको बिगबिगी बजारमा देखापरेका छन ।

अस्ट्रेलियामा सजिलो काम र राम्रो दामका रुपमा चिनिएको नर्सिङमा सहायक नर्सहरुको जागिर खान सर्टिफीकेट थ्री र सर्टिफीकेट फोर जस्ता प्रमाणपत्रहरु आवश्यक पर्छन । यसरी यस्ता सर्टिफीकेटहरु बिगतमा भने सबैले सहजरुपमा थोरै समयको पढाइ र अनुभवमै पाइने गरेता पनि पछिल्लो समय स्वास्थ सेवाको महत्वका कारण यसमा कडाइ गरिदै आएको छ । यसरी अहिले बिध्यार्थीका लागि जागिरका लागि निकै महत्वपुर्ण बनेको सर्टिफीकेट थ्री नर्सिङमा निकै कडाइ गरिएको छ । डिपेन्डेन्ड र पीआरका लागि केहि खुकुलो निती अपनाइएतापनि बिध्यार्थीका लागि भने यो अहिले क्राइ कोर्सको रुपमा लिइएको छ ,जसमा बिध्यार्थीले कम्तीमा छ सय घन्टाको पढाइ र एक सय बिस घन्टाको प्राक्टीकल गर्नै पर्ने प्रावधान रहेको छ । तर अहिले सिड्नीका केहि शैक्षिक ब्यापारीहरुले बन्द भएको कलेज र सरकारले खारेजी गरेका कलेज अनि जालझेलमा हतार हतारमा पुरानो मितीमा धमाधम यस्ता सर्टिफीकेटहरु जारी गरेर बिध्यार्थीहरुलाई ठगि गरिरहेको समाचार प्राप्त भएको छ । तर यसमा बिध्यार्थीहरुको गल्तीपनि उत्तीकै देखिन्छ । किनभने पढेगुनेका बिध्यार्थीहरु पढाइको समय र अनुभव अनि जानकराीनै नलिइ मात्र पैसा तिरेर सर्टिफीकेट लिन उद्दत हुनु सरासर गलत हो । अस्ट्रेलिया बिश्वासको जगमा उभिएको भुमि भएकोले सो सर्टिफीकेटहरु पनि जागिरका लागि चल्ने भएकोले पनि बिध्यार्थीहरु यस्तो प्रलोभनमा फसेका हुन । तर अहिले केहि नर्सिङ होमहरुले बिध्यार्थीको युनिक स्टुडेन्ट आइडिन्टीफाइड नम्बर र पढाइको असलियत चेक गर्न थालेपछि यस्तो धन्दाहरुलाई निकै असर परेको छ । केहि नर्सिङ कलेजहरुले यसै कोर्सका लागि दश हजार डलर लिएर एक बर्ष लगाएर समेत बिध्यार्थीलाई पढाइरहेको सन्दर्भमा केहि कोठे कलेजहरुले बिध्यार्थीहरुलाई पन्ध्र सय डलरसम्म लिएर एक डेढ हप्तामै धमाधम यस्ता सर्टिफीकेट प्रदान गर्दै आएको प्रमाण राष्ट्रपुकारले प्राप्त गरेको छ । यति मात्र होइन , सोझा साझा बिध्यार्थीहरु पैसासँंगै कामको प्रलोभनमा समेत त्यस्ता गिरोहको प्रलोभनमा फस्ने गरेका छन । यसरी चेक जाँंच र दुर्घटना नपर्दा सम्म यस्ता प्रमाणपत्रहरुल काम देलान जुन दिन शंका अनि छानबिनको दायरा भित्र यस्ता नक्कली सर्टिफीकेट परे भने बिध्यार्थीको पढाइ र बसाइमा समेत असर पर्न सक्ने देखिन्छ । यसो पाइएमा बिध्यार्थीलाई हदैसम्मको कारबाही समेत हुन सक्नदछ । पुरानो मितीमा प्रमाणपत्रहरु छाप्ने र बिध्यार्थीलाई बन्द र रद्द भएका कलेज अनि गलत प्रविधीवाट सटिफीर्केट उपलब्ध गराउने ठुलो गिरोहसँंग केहि नेपालीहरु समेत मिलेर निर्वाध धन्दा चलाइरहेको सम्वन्धित सुत्रले .जनाएको छ । अस्ट्रेलियन शैक्षिक निकाय आस्क्वाको निगरानी बढीरहेको बेला यस्ता सर्टिफीकेटको धन्दा चलाउनेहरु चाडैनै फन्दामा पर्ने एक पीडित बिध्यार्थीले बताए । रकडेल र क्याम्सीमा रहेका यस्ता नामधारी कलेजविरुद्ध आस्क्वामा रिपोर्ट दायर गरिन लागेको समेत एक पीडित बिध्यार्थीले बताएका छन ।