nc news

जनकपुरमै मन्त्री साहको पुतला दहन,,

By Bala Adhikari

June 25, 2020

राहुल गुप्ता, जनकपुर – असार ११, २०७७! आज नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरिएको छ।

नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दे, समाजिक विकास मन्त्री नवल किशोर साह राजीनामा दे, जस्ता नारा सहित पुतला दहन गरिएको हो।

नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह को नेतृत्व मा जनकपुरधाम शिव चौक मा गरिएको कार्यक्रम मा समाजिक विकास मन्त्री नवल किशोर साह को पुतला दहन गरिएको छ।

त्यसअघि उनिहरुले अस्पतालमा उपचार नपाएर मृत्यु भएका हँसपुर नगरपालिका वडा नं. ७ का राजु सदा लाई श्रद्धाञ्जली सहित १ मिनेट को मौन धारण समेत गरिएको थियो।

कार्यक्रम मा नेपाल तरुण दल का अखिल मढी,राहुल मिश्रा,रमेशकुमार यादव,अजय गुप्ता, महेस साह,डा राजु साह, डा बिजय साह,सुमन्त कर्ण, राजेश साह, बलराम गुप्ता,बलराम साह,बिजय महता,भरत साह,विजय यादव,अमन सिंह, नेविसंघ का आशुतोष नवीन झा, सुजित यादव,सुमन ठाकुर,मनिष यादव लगायत दर्जनौं तरुण दल तथा नेविसंघ का युवा हरुको सहभागीता रहेको थियो।