काठमाडौँ, भदौ २५ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यलाई तीव्र रुपमा अगाडि बढाउन आफू तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
उनले आयोजनामा देखिएका सबै खालका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाई छ । आयोजना अगाडि बढाउनका लागि सरकारले अध्ययन गरिरहेको उनले जानकारी गराए । कुनै जटिलता उत्पन्न भए त्यसको समाधान गरेर जान आफु प्रतिवद्ध रहेको उनले बताए ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले आयोजनाको कार्य शीघ्र रुपमा अगाडि बढाउने दृढता व्यक्त गरेका छन् ।