खेलकुद

एनआरएन अस्ट्रेलियाले बनायो खेलकुद बिभाग

By Bala Adhikari

November 25, 2020

बस्नेत संयोजक , उप संयोजकमा सुबेदी, चौधरी र बिडारी

गैर अवासिय नेपाली संघ(एनआरएन) अस्ट्रेलियाले ढीलागरी भएपनि आफ्नो कार्यकाललाई पुर्णता दिनेक्रममा पुराना खेलाडी  भिम बस्नेतको संयोजकत्वमा खेलकुद बिभाग गठन गरेको छ । बस्नेत स्थानिय ग्रानभिल फुटबल क्लबका पनि अध्यक्ष हुन । एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीका अनुसार खेलकुदका समितीका उप संयोजकहरुमा क्रिकेटका अन्तराष्ट्रिय खेलाडीहरु भिक्टोरियावाट यशवन्त सुेबदी ,क्यानबेरावाट प्रेम चौधरी सहित पर्थवाट नविन बिडारी र डार्बिनवाट सन्जिव गोर्खाली रहेका छन । यस्तै समितीको सदस्य सचिब पदमा भने भिक्टोरियावाट पुराना फुटबलर प्रकाश थापा चयन भएका छन । स्मरण रहोस यशवन्त सुबेदी र प्रेम चौधरीले नेपालको तर्फवाट तिन पटक युथ १९ बिश्वकप क्रिकेट खेलिसकेका छन । समितीको सल्लाहकारमा भने पर्थवाट पुराना खेलप्रेमी सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ ।

समितीका अन्य सदस्यहरुमा भने साफ गेम्समा उसुतर्फ स्वर्ण पदक विजेता खेलाडी बिनीता महर्जन(एसीटी) नेपाली राष्ट्रीय क्रिकेट टोलीका देब्रे हाते तेज बलर रहिसकेका अमृत भट्टराइ ( तास्मानिया) अन्तराष्ट्रिय क्रिकेट खेलाडी प्रमोद बस्नेत (साउथ अस्ट्रेलिया )सीड्नीका फुटबल प्रेमी अशोक ओली ,फुटबल खेलाडी आश्विन पोखरेल, अर्जुन गुरुङ (एनएसडब्लु) फुटबलर युडी गुरुङ,सुदिप तामाङ,अनिश भण्डारी,(तास्मानिया) शुसान्त सुुबेदी(वेस्र्टन अस्ट्रेलिया ) गोबिन्द पाठक, साइवाल न्यौपाने,( भिक्टोरिया), श्याम कुमार बस्नेत (क्वीन्सल्यान्ड) र राजन लामिछाने रहेका छन । एनआरएन अभियानमा खेलकुद महत्वपुर्ण अंगका रुपमा रहेको हुँंदा यसको बिकास र बिस्तारका लागि कमीटी गठन गरिएको महासचिब रेग्मीले बताए । उनले मुलुकको पहिचानमा महत्वपुर्ण माध्यम बनेको खेलक्षेत्रलाई एनआरएनले समेत बढावा दिनुपर्ने कुरामा जोड दिए । यस्तै एनआरएन अस्ट्रेलियाले कम्युनिटी सेफ्टी एन्ड अवरनेश कमिटीको संयोजकमा सुर्य खनाल तथा वाटर एन्ड ट्रान्सपोर्ट सेफ्टी अवरनेश कमिटीको संयोजकमा प्रज्वल भट्टराइ र नेपाल प्रमोशन कमिटीमा हरी अधिकारीलाई संयोजक तोकिएको छ ।