काठमाडौं, भदौ २६ । सरकारका विज्ञान तथा प्रविधि, वन र उद्योग गरि तीन मन्त्रालयमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन ।
राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश भएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन् ।