शिक्षा

जाजरकोटमा रेडक्रसको दुई दिने गोष्ठी सम्पन्न

By Bala Adhikari

September 11, 2017

– माया पन्त

जाजरकोट । जिल्लास्तरीय नेपाल जुनियर/युवा रेडक्रस सर्कलको १४ औं जिल्ला स्तरीय गोष्ठी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको आयोजना तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल र भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाको समन्वयमा सम्पन्न भएको छ । १४ वटा बिद्यालयको सहभागिता रहेको दुई दिने गोष्ठी शनिवार सम्पन्न भएको हो ।

सामाजिक सेवामा रेडक्रस सोसाइटीको उल्लेखनीय योगदान रहँदै आएको कार्यक्रमका प्रमुख अतिथि एवम् भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । आफू रेडक्रसमा आवद्ध नभए पनि रेडक्रसले विद्यार्थीहरूको क्षमता र नेतृत्व विकासमा महत्व पूर्ण भूमिका रहने बताए । रेडक्रसले संसारका कुनै पनि युद्धलाई व्यबस्थित बनाउनमा खेल्दै आएको भुमिकालाई सबैले आत्म साथ गर्नु पर्ने घर्तीको भनाइ थियो । विपद न्युनिकरण, व्यबस्थापन र प्रतिकार्यका लागि रेडक्रसको भुमिका सधै उच्च रहदै आएको घर्तीले बताए । नेपाल जुनियर/युवा रेडक्रस सर्कलको १४ औं जिल्ला स्तरीय गोष्ठी उद्घाटन सत्रको प्रमुख अथिती नगर प्रमुख घर्तीले भेरी नगरपालिकालाई रेडक्रसको संस्थागत सदस्य बन्ने घोषणा समेत गरे । मानविय सेवामा तथा विपदमा सधैभरी रेडक्रससंग संगसंगै रहेर भेरी नगरपालिकाले काम गर्ने नगर प्रमुख घर्तीले प्रतिवद्धता जाहेर गरेका छन् ।

सन् १८६३ मा स्थापना भएको अन्तरर्राष्ट्रिय रेडक्रस हाल १ सय ९० देशमा आफ्ना गतिविधीहरु सञ्चालन गरिरहेको वताउदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटका मन्त्री हरिबहादुर बस्नेतले नेपाल रेडक्रस दक्षिण एसियाकै नमुना रेडक्रस भएको दावी गरेका थिए । नेपाल रेडक्रस सोसाईटीको स्थापना सन् १९६३ वि.सं. २०२० साल भाद्र २० गते भएको मन्त्री बस्नेतले जानकारी गराउँदै उनले जुनियर/युवा रेडक्रस सर्कल नेपालको वि.सं. २०२१ साल फागुण २२ गते स्थापना भएको जानकारी दिए । रेडक्रस आफ्नै नीति नियम र सिद्धान्तमा चल्ने संस्था भएता पनि सरकारको सहयोगी संस्था भएको मन्त्री बस्नेतको भनाइ थियो । जेनिभा महासन्धीमा हस्ताक्षर नगर्ने देशमा अन्तरर्राष्ट्रिय रेडक्रसको शाखा नरहने वताउदै मन्त्री बस्नेतले रेडक्रसले युद्ध र विपदका क्षेत्रमा काम गर्ने बताएका थिए । मानव समुदायमा हुने आपसी अन्तरविरोधले ठुलाठुला युद्धलाई जन्माउने गरेको वताउदै मन्त्री बस्नेतले युद्धलाई ब्यबस्थित गर्न रेडक्रसले महत्वपुर्ण भुमिका खेल्दै आएको बताए ।

मानवता, निस्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र बिश्वव्यापकता जस्ता सात सिद्धान्तमा रहेर रेडक्रसले काम गर्दै आएको रेडक्रस जाजरकोटका उप सभापती ज्ञानीप्रसाद शर्माको भनाइ रहेको थियो । रेडक्रसले मानिसहरूलाई निःस्वार्थ समाजसेवामा लाग्न प्रेरित गर्ने गरेको छ । दुःख र आपत विपतमा साथ दिने रेडक्रस सदैव निःस्वार्थ भावनाका साथ अगाडि बढीरहेने उप सभापती शर्माको भनाइ थियो ।

सम्पन्न जुनियर÷युवा रेडक्रस सर्कलको १४ औं जिल्ला स्तरीय गोष्ठीले बर्षभरी गरिएका कामको शमीक्षा गर्नुको साथै बार्षिक कार्ययोजना बनाएको जुनियर÷युवा रेडक्रस सर्कल, जाजरकोटका अध्यक्ष गणेश कुमार बस्नेतले जानकारी दिनु भयो । उक्त गोष्ठीले जुनियर रेडक्रस सर्कलका युवाहरुलाई मानविय सेवामा परिचालन गर्न महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष बस्नेतको भनाई रहेको थियो ।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटीका उप सभापति ज्ञानीप्रसाद शर्मा, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख भावना भण्डारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।