विदेश

हिमानी कोष अस्ट्रेलिया गठन

By Bala Adhikari

January 09, 2021

नेपालमा समाजिक कार्यमा उद्धत हिमानी कोषले आफ्नो शाखा बिस्तारको क्रममा देश बाहिर अस्ट्रेलियामा पनि आफ्नो च्याप्टर स्थापना गरेको छ । शनिबार सीडनीको रकडेलस्थीत इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित एक कार्यक्रम बिच अन्जना कार्की बस्नेतको अध्यक्षतामा समिम अनवर महासचिब रहेको हिमानी कोष अस्ट्रेलिया विधिवत रुपमा स्थापना भएको घोषणा गरिएको छ । बिधिवत रुपमा देश बाहिर स्थापना भएको हिमानी कोषको कोषाध्यक्षमा प्रगती राणा अनि प्रवक्तामा रेश्मा थापा तथा पब्लीक अफीसरमा राम खत्री रहेका छन । कार्यसमितीका सदस्यहरुमा रचना बानिया,ऋषीकेश न्यौपाने ,अनु पाण्डे,दिपक गौतम। कमला बस्नेत र इश्वर गीरी रहेका छन ।

कार्यक्रममा हिमानी कोष अष्ट्रेलियाका सल्लाहकारमा डा शम्सेरसिंह थापा, दिनेश कुमार पोखरेल, डा रामकृष्ण निरौला,डिला खरेल , स्वतन्त्र प्रताप शाह र भोमादेबी लिम्बु रहेको पनि कार्यक्रममा घोषणा गरियो । कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष देब गुरुङले सामाजिक सेवाभावमा जुनसुकै संस्थाहरु खोलिनु स्वागत योग्य रहेको बताए । उनले संस्थाको सफलताको कामना गर्दै भने , समय र सहयोग बटुलेर देश सेवा गर्छु भन्ने जो कोही संस्था र ब्यक्ती धन्यबादका पात्र हुन । यस्तै कार्यक्रममा शुभकामना ब्यक्त गर्दै एनआरएन अभियन्ता दिनेशराज जोशीले राजा महेन्द्र, बीपी कोइराला र मदन भण्डारीजस्ता राजनेताहरुको भावनालाई समेटेर देश सेवामा लाग्न खोज्ने अभियन्ताहरु सम्मानका हकदार रहेको बताए । उनले नाम भन्दा पनि संस्थाको पहिचान काम वाट हुने भएकोले राम्रो काम गरेर देखाएमा सबैको साझा संस्था बन्ने बताए । कार्यक्रममा एनआरएनका प्रवक्ता नन्द गुरुङले हिमानी ट्रष्टको सेवाभावको अभियान निकै महत्वपुर्ण भएकोले यसको सामाजिक चरित्रलाई सबैले सम्मान गर्नुपर्ने सुनाए । कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार डा रामकृष्ण निरौलाले भने, पुर्व युवराज्ञाीको नाममा रहेका कारण केहि साथीहरु हिच्कीचाएको पाए , नाम भन्दा पनि यसको कामलाई बुझेर हामीले सम्मान गर्नु सिक्नु पर्छ । बिदेशमा बसेर देशको सेवाभावमा लाग्नु यसको प्रमुख उद्देस्य हो र त्यसैमा यो सस्था लाग्नेछ भन्ने कुरामा हामी बिश्वस्त छौ ,निरौलाले सुनाए । अर्का सल्लाहकार डिलाराम खरेलले हिमानी ट्रष्टको सामाजिक चरित्र र यसको सेवाभाव आफैमा महत्वपुर्ण रहेकोले परोपकारी कार्यमा सहकार्यका लागि संस्थाको स्थापना हुन पुगेको बताए । संस्थाका महासचिब समिम अनवरले संचालन गरेको कार्यक्रममा एनआरएनकी अभियन्ता रन्जु थापा, नारी निकुन्जकी अध्यक्ष संन्ध्या शाहले संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै हिमानी ट्रष्ट अस्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले परोपकारी कार्य र समाजिक सेवाभावको उद्देस्य बोकेर संस्थाको स्थापना भएको बताइन । पुर्व युवराज्ञी हिमानीको नाम जोडिएर बनेको यो ट्रष्टको मुल उद्देस्य भनेको देश र मुलुकको हितका खातिर परोपकारी कार्यमा जुटनु रहेको अध्यक्ष अन्जनाले बताइन । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यष अनिल पोखरेल, नेपाल अस्ट्रेलिया डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाइ लगायतको उपस्थीती रहेको थियो ।