बाला अधिकारी
मंसिरको महिना माझघरे माइला काका घरमा आएर ए काइला दाइ!म संग एउटा वकिल पढेको केटो छ खान्दान पनि राम्रो छ छोरिकोबिहे गर्ने हैन?यो सुनेर कोमलको बुवाले अब २२बर्ष भइसकि उमेर पुगेकी केटी राम्रो कुटुम्ब आयो भने किन नगर्नु ?ल्याउनुन भनेपछिमाझघरे काका केटो लिएर शनिवार आइपुग्छन सबैकुरा भइसकेपछि केटाकेटी हेराहेर गर्ने कुरा हुन्छ अनि लमिले केटी कस्ति लाग्योत?भनेर केटालाइ सोध्छन केटाको उतर योग्यता शिलस्वभाब सबै राम्रै हो तर केटी अलि कालि रहिछन,कालिकेटी बिहे गर्यो भनेर साथिहरुलेजिस्काउछन बरु ति बिहान गाग्रीमा पनि ल्याउने गोरि केटी कोहुन त्यो केटी चाहि गोरी राम्री रहिछन असाध्य मन पर्यो ति केटी दिएभनेचॉहि बिहेगर्छु भन्ने आसय ब्यक्त भएपछि लमिले को रहिछन?भनेरर पत्ता लगाउदा ति पल्ला घरकी कोमलकै काकाकी छोरी भएको रउनको पढाइ कोमलको जति नभएको प्रस्ट पार्दा पनि केटाले लमिलाइ कुरा चलाउन अनुरोध गरेपछि लमि (माझघरे माइला)काका पल्लोघर तिर कन्यअर्थमा सर्छन।
गॉउभरि गॉइगुइ कुरो चल्छ कोमल लाइ केटाले कालिभनेर पल्लोघर हेमालाइ बिहेगर्ने भयोरे।
हुन त सुन्दरताको कुनै मापदण्ड हुँदैन तर हाम्रो समाजमा गोरा मानिसहरूलाई नै सुन्दर मानिने चलन छ तेस्मा पनि छोरी गोरि छे भने उस्कोसबैभन्दा ठुलो योग्यता तेही मानिन्छ कोमल पहिलो श्रेणीमा गॉउकै स्कुल बाट एस,एल,सि पास गरि शहरमा बिएल पास गरेर एलएलएमअध्यनरत असल शिल स्वभाव भएकी गॉउभरिकै सोझि थिइन भने हेमा तेस्रो श्रेणी मा एस एल सि पास गरेर मात्र आइएमा ब्याक लागेरबसेकी भएपनि उनको गोरो छाला ले उन्को योग्यता बिए पास कोमल भन्दा माथि पुर्याइदियो।हामी धेरैचोटि कुनै महिला वा पुरूषकोसुन्दरताको वर्णन गर्दा भन्ने गर्छौ ‘ओहो, कस्तो गोरो अनुहार धपक्क बलेको छ’कसैको अपमान गर्नुपर्यो भने ‘कस्तो हाँडीजस्तो कालोअनुहार ?’कहिलेकॉहि गॉउघर तिरको रोपाइमा रोपाहार हरुले फरिया माथि सारेर धानरोप्दा उनिहरुको नॉडंगो तिग्रा हेरेर हलि बाउसे हरु“आहा!!फलानीका तिघ्रा कति सेता ?’फलानी का पॉसुला कति सेता ?उस्को बुढो कति भाग्यमानि भन्दै खास्स खुस्स कुरा गरेकोसुनिन्थ्यो यसरी गोरो छाला हुनु सुन्दरता हो भन्दै मूल्यांकन गर्ने हाम्रो समाजमा
विशेषगरी विवाह गर्ने बेलामा भावी बुहारी हेर्न जानेहरूसंग ‘केटीको रंग’ कस्तो छ भनेर पहिलो प्रश्न हुन्छ। यहि सामाजिक मान्यता कोशिकार बन्यो कोमलको सॉवलो छाला!
केही दिनपछि बिहानिपख काका को घरमा ढिक्की कुटेको आवाज संगै भाउजुबुहारी को रमाइलो गरेको हॉसो सुनिन्छ हॉसो सुनेरमाझघर हजुरआमा ढिकितिर लम्किदै काकाको आगनको डिलबाट घॉटितानेर ‘बुहारी हो धेरै हॉसेर चिउरा डडाउलाहै फेरी बेहुलाकीआमाले बुहारी कुट्लिन अनि थाहा पाउला’
हजुरआमाको कुरालाइ हॉस्तै तल्लाघरकी भाउजु ले जबाफ दिन्छिन “यति गोरी राम्री हाम्री बेहुली पाकाछन फुलको थुंगो जसरी राख्छनकेको कुट्थिन”उनको कुरामा हो मा हो मिलाउदै गैराघर बुहारी ले थप्छिन “हो है हाम्री कोमल दिदी कालिभएकोले मननपराएर गोरी राम्रीहेमादिदी बिहेगरेका के को कुट्थे?आफुले रोजेकी बुहारी पाएका छन”यतिकैमा ढिकिमा जुनकुरी फुपु को प्रबेश हुन्छ “ए भाउजु बुहारी होम पनि सघाउकी?”जुनकिरी फुपुलाइ गैराघरकी कान्छी बुहारी जबाफ दिदै “पर्दैन फुपु हामि यतिका छौ गरिहाल्छौ नि बरु अरुनै कामहोला बिहेकोघर बेहुलीकी आमालाइ सोध्नुन कति काम होला” जुनकिरी फुपु रिसाए जस्तै जबाफ फर्काउछिन ‘म भएपछि कुरा सुन्छेपोल लगाउछे भनेर खेदन खोजेका ल ल कुरा गर म गंए’ भन्दै फुपु हिड्छिन पुन भाउजु बुहारी को हॉस्ने प्रकृया दहोरिन्छ यि सबै गफवल्लो घरको पालिमा सुतिररहेकी कोमल ले सुनिरहेकी हुन्छे।भाउजु बुहारीका कुराले मनमा चोट पुग्छ ,आफुकालो भएकोमा मन मनमाभगवानलाइ गालि गर्छिन ‘मलाइ गोरो बनाएको भंए यि भगवानको के जान्थ्यो’?!!!!
भोलिपल्ट बिहानै सराय को पात बॉडदै जुनकिरी भुजेल जस्लाइ सबैले फुपु भन्थे उनि गॉउका सबैको बिहेमा कलसेउली जाने गॉउमाबिहेबटुलमा सघाउ पघाउ गर्ने गर्थिन उनि आइपुग्छिन आमालाइ पॉचमुठा पात दिएर “दुइदिनमा सक्नुहै तेस्रो दिनत चाहिन्छ रे भन्दैगॉउभरि पात बॉड्नुछ गंए”भन्दै हिड्न खोजिन आमाले चिया पिएर जाउ पाकिरहेको छ भन्दै कोमल!फुपुलाइ चिया दे भनेर अराइनदलानमा बसेर चिया पिउदै गरेकी कोमल गिलासमा चिया हाल्दै सन्चै फुपु भनेर सोध्छिन चियाको गिलास समाउदै जुनकिरीले भनिन “मतसन्चै छु नानी बरु आफुलाइ माग्न आएको केटोले आफ्नै काकाकी छोरी संग बिहे गर्न लाग्दा नानी लाइ पिर परेको होला पिर नमान्नुतेस्ता केटा फेरी फेरी कति आउछन आउछन भगवान पनि कस्ता?यतिराम्रो स्वाभाब भएकी नानी लाइचॉही कालि बनाएर कहाकी त्योठेउकीलाइ गोरी बनाएका?”आगनमा चिया खादै गरेका कोमलका बुवाले जुनकिरी को कुरामा प्रतिक्रिया जनाउदै “मेरी छोरी कालि भएरके भो त भोलि यस्ताले होर?राजकुमार ले बिहे गर्छ हेरिराख न”बुवाको कुरामा सहिथाप्दै जुनकिरी बाटो लाग्छिन जुनकिरी को कुरा रअघिल्लो दिनको गॉउले भाउजु बुहारीको कुराले कोमलको सॉच्चिकै मन पोलिरहेको हुन्छ अपमानबोधले धर्ति उजाडिए जस्तोलागिरहेको थियो उनिलाइ हेमाको बिहेमा बस्नै मन थिएन उनि धर्म संकटमा पर्छिन बिहेमा बसौ भने पहिले आफुलाइ माग्न आएको केटोआफ्नो छालालाइ दोष दिएर बैनि बिहेगर्दै छ।बिहेमा आउने हरुले पहिले मन नपराएर छोडेकी केटी यहिहो भनेर सबैले देखाउलानजन्तिहरुले पनि कुन केटी भनेर चासो गर्दाहुन नबसौ भने आफ्नै काकाकी छोरी को बिहे के गरौ के गरौ भइन एकपटक बुवाआमा संगकुरा गर्छु भन्ने सोचले उनले बुवासंग “बुवा!म काठमाण्डू जान्छु मेरो फर्म खुलेछ भर्नुछ “भनिन बुवाले बिहेपछि जानु अगाडि जॉदा काकाकाकी रिसाउछन भने आमाले पनि तेसै भनिन उनले बिहेमा किन बस्न चाहिनन?आफ्नो पिडा कसैलाइ शेयर नगरेपनि उनका बुवा आमालेराम्रैसंग बुझेका छन आफ्नो छोरि कालो छालाको कारण अपमानित भएको पिडा तेतिनै बावुआमालाइ पनि हुन्छ र छ तैपनि उनिहरु छोरीसंग नबुझेको अभिनय गर्दछनताकि पछिल्लो दिनहरुमा पनि छोरी लाइ यस्ता अपमान सहने बानिपरोस यस्ता चोट पचाउन सिकोस भन्नेचाहान्थे बिचरा कोमल बिहेमा बस्न बाध्य भइन।
उनि बिहेमा बसिन रातिको बिहे भएकोले एकै चोटि सॉझमामात्र गइन पछाडि बसिन बिहान उज्यालो हुने बितिकै बेहुली अन्माएर लगेउनिपनि घर आइन अपमान
बोधले भित्र भित्र बिछिप्त बनेकी उनिलाइ कहिले स्वास्नी नभाको अर्दो,कहिले अलबेस्रो कहिले अधबैंसे हरु जस्ताका कुराहरु पनि थुप्रैआए तर आफु सो सरहका साथिसंगि हरुको बिहे भैसक्यो तर आफ्नो अतोपतो थिएन आफुले खोजेजस्तो केटा माग्न नआएकोलेबुवाआमा पनि चिन्तित थिए कोमल पनि आफु सबैकुरामा सक्षम हुदा हुदै पनि आफ्नो छालाको कारण अपहेलित भएकोमा मानिसकोसोच र मुर्खता देखेर दिक्क मान्थिन तैपनि उनले हिम्मत भने हारेकी थिइनन,सामाजिक चेतनास्तर लाइ बेवास्ता गर्दै समाजलाइ केही गरेरदेखाउने र आफ्नो क्षमता,योग्यता हुदाहुदै छालाकै कारण योग्य बर नपाउदा जस्तो केटासंग पनि बिहे गर्न संझौता नगर्ने निर्णय मा पुग्छिनमेरो लागि मेरो छालाको रडं अभिशाप हैन,छाला कालो हुदैमा मानिस कुरुप हुदैन भन्ने कुरा प्रमाणित गर्दर्छु भन्ने संकल्प गरेर दिनरात खुबमेहनत गर्न थालेिन।
समय बित्दै गयो एकदिन एउटा अदालतमा नयॉ महिला न्यायाधीश सरुवाभएर आएकी हुन्छिन नयॉ अदालत हाजिर भएकै उनकोइजालसमा एउटा वकिलको बिरुद्द घरेलुहिंसा र पार्पाचुके को पेशि मुद्दाको मिति परेको हुन्छ बहश अलि अप्ठेरो परिस्थिति को छकिनकि एउटा वकिलको बिरुद्द अर्को वकिलले बहश गर्नुपर्ने मुद्दा हुन्छ क्रम अनुसार मुद्दा को पालो आयो,बादि प्रतिबादि दुबै उपस्थितभए न्यायाधीश आफ्नो इजलासमा पहिले नै मौजुद थिए।न्यायालय इजलास को अगाडि पुगेपछि बादिप्रतिबादी दुबैको ऑखान्यायिधिश तिर गएर टक्क अडियो दुबै अवाक भए न्यायाधीश को ऑखापनि तिनै बादिप्रतिबादिमा गएर अडिए एकछिन इजलासमासुन्यता छायो यो बाताबरण भित्र सबै छक्क परे यतिकैमा अर्का न्यायिधिश बोले हैन श्रीमान यहॉ किन यति मौनता के भयो?न्यायिधिशले भनिन केही हैन बहस अगाडि बढाउन भनिन बहस भयो पक्षि बिपक्षि दुबै वकिलले बहश गरे बिपक्षि वकिल आफ्नो मुद्दाआफै बहश गर्दै थिए तर उनले नयॉ न्यायाधीशको अगाडि पहिला अरु न्याधिश हरुको जस्तो बहश गर्न सकिरहेका थिएनन उनका ऑखालाजले झुकेका मनमा ग्लानि गडिएको थियो उनि मुलकी ऐन पल्टाउदै आफैप्रति घृणाबोध गर्दै थिए बहश तिर ध्यान कम थियो तरपनिलाजागाला आफ्नो बचाब गर्दै थिए बहश सकियो मुद्दा लाइ फेरी पन्ध्रदिन पछिको पेशि दिइयो। दैनिकजसो अदालति प्रकृया सकिए पछि न्यायिधिश आफ्नो क्वार्टर मा फर्किन्छिन तेसदिन भने उनि सदाजस्तो सामन्य थिइनन।आफ्नोइजालस मा आएका मुद्दाका पक्ष प्रतिपक्ष को बिषयमा दिमाग बिथोलिदिएको थियो।उनको मथिंगल घुमिरहेको थियो।ति मुद्दाका पक्षबिपक्ष अरु कोहि नभएर तिनै उनलाइ कालि भइ भनेर छोडेर उनकै काकाकी छोरी बिहे गर्ने केटा तिर्थ र उनकै काकाकी छोरी बहिनी हेमाथिए भने न्यायिधिश कालो छाला भइ समाज बाट तिरस्कृत अरु कोहि नभएर कोमल थिइन।क्रमश………