काठमाण्डौ,फागुन १० गते समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवादन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली संघीय प्रणाली समाप्त पार्ने खेलमा लागेको बताएका छन् ।
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थितरता कायम गर्नकै लागि प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता बढाएर निरंकुश तन्त्रलाई जारी राख्नकै लागि गैरसंवैधानिक कदम उठाएको बताए ।
‘संघीय प्रणाली जसमा पृथकतावादीको स्थान हुँदैन, जसमा अधिक व्यक्तिलाई अवसर दिइन्छ त्यस्तो प्रणाली समाप्त पार्ने सोच प्रधानमन्त्रीको छ,’ उनले भने।
‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिसकेका छन्, अब निर्वाचन नगराएर देशमा राजनीतिक अस्थिरता बढाउने र निरंकुश प्रणाली जारी राख्ने उनको योजना छ,’ उनले भने बताए ।
संविधानका कयौं धारामाथि असहमति रहे पनि संविधानमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, जनतामा सार्वभौम सत्ता, मौलिक हक जस्ता कुरा रहेकोले यसको संरक्षण गर्नु आवश्यक रहेको छ, यादव ।
’यो त फुटबलको हाफ टाइमजस्तै भएको हामीलाई गोलपोस्ट परिवर्तन गर्नु परेको छ’, उनले भने, ‘प्रधानमन्त्री ओली हाम्रो संविधानमा असहमती थिए तर सो संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि संविधानको रक्षाका लागि आन्दोलन गर्नु परिरहेको र सम्पूर्ण रूपमा विभेदको अन्त्य नभएसम्म आन्दोलन जारी रहने समेत बताएका छन् ।