अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएप बाट खबर अउछ भारत मा अमिता बच्नले सन्चालन गरको कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको छ भन्ने सूचना दिन्छ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगैखुसी सट्छिन । खुसीको खबर आमाबुवा र नजिकका साथी सम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तोअवसर मिल्यो ?
एक
चिट्ठा बापतको करोड रुपैया आफ्नो छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अन्जान व्यक्तिलेचिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क पहिला तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र एक लाखपठाइन्छ ।पटक पटक गरि छ घण्टामा ती नर्सले सात लाख रुपियाँ पठाउछिन ।
एक लाख तिर्दा करोड आउने असमा उनले बिहीबार अपरिचित विभिन्न व्याक्ति को नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमासाढे सात लाख रकम आईएमई–पेबाट पैसा पठाई दिन्छन।
यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप kbc नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छुभनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ । अनलाइन ठगीसम्बन्धी उजुरी बोकेरमहानगरीय प्रहरी अपराध महाशाखामा टेकु पुगेकि ती नर्स उनी जस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउनुहुन्छ । यस्तैप्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गर्नुभयो ।