समाचार

प्रधानमन्त्री ओलीले तुरून्त राजीनामा गर्नुपर्छ–नेता रावल

By Bala Adhikari

February 24, 2021

काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

राति ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको प्रधानमन्त्री पदमा रहने सबै आधार समाप्त भएको तर्क गरेका हुन् । सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी भएको प्रमाणित गरेको उनले उल्लेख गरेको थियो ।

उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाईसमेत दिएका छन् । ‘‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ । उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन् । उनले भने प्रधानमन्त्री ओलीले तुरून्त राजीनामा गर्नुपर्छ । प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई, नेता रावलले ट्वीटमा लेखेका छन् ।