काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवंम (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
उनले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने काम अगाडी बढाउने समेत बताए । सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।