काठमाडौं,फागुन १२ गते नेकपा प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा विघटन बदरको स्वागत जुलुसपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याउने बताएकी छन् ।
उनले ओलीले तत्काल राजीनामा दिनुपर्ने, नैतिकताका आधारमा ओलीको मंगलबार नै राजीनामा आउने आशा गरिएता पनि त्यस्तो हुन सकेन बताइन् ।
राष्ट्रपतिलाई संविधानको रक्षक भनिए पनि उनले त्यो भूमिका खेल्न नसकेको र प्रधानमन्त्री ओलीका जनविरोधी, प्रतिगमनकारी सोचलाई अदालतले खारेज गरेको उनको भनाइ थियो ।