अष्ट्रेलियाको राजधानी क्यानबेरामा तामाङ घेदुङले उल्लासमयरूपमा लोसार महोत्सवको मनाएको छ । अष्ट्रेलिया स्थित आवसिय नेपाली राजदुत महेश राज दाहालको उपस्थीतीमा आयोजित कार्यक्रममा डम्फू र तमाङ भेषभूषामा सजिएका युवा यूवतीहरूको सामुहिक नृत्य प्रर्दशन गरेका थिए । क्यानबेरा तामाङ सोसाईटीका अध्यक्ष राजु तमाङको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथी राजदुत दाहालले नेपालको एकिकरण र एकतामा तमाङ समुदायको अति महत्वपूर्ण भूमिका रहदै आएको बताए । तामाङ समुदायको वीर गाथा र कला सांस्कृतिक पहिचानलाई देश र विदेशमा प्रचार प्रसार गर्न सकेमा हाम्रो भाषा र संस्कृतिलाई भोलीका पिडिले पछ्याउने राजदुत दाहालले बताए । कार्यक्रममा तामाङ सोसाईटी न्यूसाउथवेल्थ राज्यका सभापती सुनदोर्जे तामाङले क्यानबेराका विद्वत वर्गका साथ लोसार मनाउन पाएकोमा हर्ष व्यक्त गरे । तामाङ सोसाईटीका सल्लाहकार डा. कृष्ण हमालले नेपाली समुदाय ४ वर्ण ३६ जातको फूलवारी हो र यस भित्रको सुन्दर र सुगन्धित फूलमा तमाङ समुदाय पर्ने बताए । हमालले सबैको सद्भाव र भाईचाराबाट सवै जात जातीको भेष भुषाको विकास र बिस्तारमा सहयोग गर्न सकेमात्र मुलुक समृद्ध बन्ने बताए । समारोहमा तामाङ सोसाईटी एनएसडव्लु पूर्व सभापति तथा गितकार दिल तमाङ र क्यानबेराका युवा कलाकार सुनिल गुरूङले गित संगित मार्फत सहभागीहरूलाई मनोरन्जन दिलाएका थिए । क्यानबेराका नेपाली समुदायका अगुवा तथा एनआरएनका उपाध्यक्ष चुडामणिा सापकोटा, एनआरएनका पुर्व उपाध्यक्ष राजन ढुंगेल ,एनआरएनका क्यानबेराका सह संयोजक अशोक बस्नेत , नेपाल कला संस्कृतीका दिपक हमाल, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे लगायतले लोसारको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा राजदुतावासका यादब कोइराला ,स्थानिय संघ संस्थाका तर्फवाट सुरज पौडेल, शुसिल पोखरेल, सन्तोष मल्ल लगायत नेपाली समाजका अगुवाहरुको उपस्थीती रहेको तामाङ घेदुङ क्यानबेराका सल्लाहकार कर्मा लामाले बताए ।