समाचार

नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन–सभापति देउवा

By Bala Adhikari

February 24, 2021

काठमाडौं,फागुन १२ गते महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले केही भन्न नसकेको, बचन नि दिन नसकेको खुलाएका छन् ।

सर्वोच्च आलतबाट संसद् पुनःस्थापित भइसकेपछि दुई अध्यक्षसँग भेटवार्ता गरेका देउवाले भने, “माधव–प्रचण्डसँग कुरा भयो तर मैले उहाँहरुलाई केही प्रतिबद्धता जनाउन सकिन ।

उनले प्रतिबद्धता जनाउने अवस्था राजनीतिक रुपमा नभएको बताए ।

“नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौ र कसैले पनि त्यस्तो चाहना राख्नु हुँदैन,” देउवाले प्रश्न गरे, “उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?”