समाचार

नेकपा दुवै समूहसँग तत्काल सहकार्य नगर्ने कांग्रेसको निर्णय

By Bala Adhikari

February 25, 2021

काठमाडौं,फागुन १३ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निष्कर्ष निकालेको छ, र नेकपा पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय समेत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा विघटनपछि सर्वसम्मत निर्णय गरेको कांग्रेस आन्दोलनको मैदानमा भने विभाजित अवस्थामा मतका आधारमा बाँडिएको थियो ।

संविधानको रक्षाका पक्षमा उभिने कि चुनावका पक्षमा भन्दै रुमल्लिएको कांग्रेसको विवाद सर्वोच्चको फैसलापछि विवाद मत्थर भएको छ ।