समाचार

बलुवाटारमा वामदेव र ओली बिच भेटबार्ता

By Bala Adhikari

February 26, 2021

काठमाण्डौ,फागुन १४ गते नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो भेट्न बालुवाटार पुगेका छन् ।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेको थियो ।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष वामदेव कुनै समूहमा लागेका थिएनन्। उनले बरू पार्टी एकताको अभियान थालेको छ ।