समाचार

हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ–उपप्रधानमन्त्री पोखरेल

By Bala Adhikari

February 26, 2021

काठमाण्डौ,फागुन १४ गते अनेरास्ववियूले आरआर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुन्न हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ,संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।

उनले केपी ओलीले बीचमै नछाड्ने बताए । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने दोहो¥याए । उनले कटु शब्दमा निन्दा गर्दै ‘सडकमा भुस्याहा कुकुरले झैँ नारा लगाउँदैमा राजीनामा नदिने अडान लिए ।

उनले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने बताए । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोर मैलाहरू सफा हुने समेत बताए ।