समाचार

प्रधानमन्त्री ओली हाम्रो वर्गमा रहेनन्–अध्यक्ष दाहाल

By Bala Adhikari

February 27, 2021

काठमाण्डौ,फागुन १५ गते शिक्षक संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गदै नेकपा अध्यक्ष पुष्पकमल दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने र प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको अब उनि हाम्रो वर्गमा रहेनन् बताएका छन् ।

पार्टी भित्रैबाट वर्ग उत्थान भएका व्यक्ति पनि विपरीत ध्रुवका एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिइरहेको विश्व कम्युनिष्ट आन्दोलनमा यस्ता व्यक्तिले ठूला–ठूला प्रतिगमनलाई साथ दिएको दाहालले बताए ।

यही प्रवृत्ति नेपालमा लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र कम्युनिष्ट आन्दोलनलाई नै कालो पोत्ने, धब्बा लगाउने गरी आश्चर्यजनक रुपमा देखा परेको उनले भनाई थियो ।

सहमति को सँग गर्ने नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा हो पार्टी भनेको विधि र पद्दति भएको हो,मलाई इन्टरभ्यूमा पार्टी एकता हुन्छ कि भनेर सोधियो, विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन, दाहालले भने।

हिजो पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा सहमति भएको हो,विचार भावना सबै एकै ठाउँमा रहँदारहँदै किन दुई पार्टी बन्नु प¥यो भनी मैले नै एकता प्रस्ताव राखेको थिए,अनुहार हेरेर एकता भएको हैन,शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धानबाट जाने भनेर एकता भएको हो,उनले भने ।

उनले बहुमतको निर्णयअनुसार व्यक्ति संगठनको मातहतमा हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसँग सहमति गरिएको बताएका छन् ।

हामीले एमालेको इतिहासको पनि गौरबशाली भूमिका भनेर हामीले मानेका छौं। उच्च मूल्यांकन गरेका छौं। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन एमालेको भूमिका छ, केपीले र मैले नै हस्ताक्षर गरेका हौं। राजनीतिक प्रतिवेदन र विधान पारित ग¥यौं,त्यसको आधारमा भएको एकता हो, लिडरसिपको पनि कुरा थियो, आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री पनि बनाउने यो पनि भएन दाहालले गुनासो गरे ।

उनले अबको बाटो भनेको समाजवादउन्मुख जनताको बहुदलीय जनवाद भनेर हस्ताक्षर पनि दुबैले गरेको भन्दै अहिले जबरजस्ती त हामी हो अर्को त माओवादी भन्दै ओलीले झुट र बेइमानी गरिरहेको र यसको राजनीतिक प्रमाण हामीसँग छ, सहमति लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागू नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै,दाहालले भने।

हिजोको एमाले कहाँ छ, माओवादी कहाँ छ भन्दा हिजोको एमालेलाई ओलीले सोधेको हो भने माधवकुमार नेपाल यहीँ हुनुहुन्छ।’