धार्मिक

श्री स्वस्थानी व्रतकथाको विधिवतरुपमा समापन

By Bala Adhikari

February 27, 2021

काठमाण्डौ,फागुन १५ गते एक महिना लिइने श्री स्वस्थानी व्रतकथाको विधिवतरुपमा समापन गरि, यो वर्षको अन्तिम दिन शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।

महिनाभर स्नान गरी श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनको आकांक्ष पूरा हुने जनविश्वास छ ।

व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

स्वस्थानी व्रतकथा समापनका लागि शालीनदीसँगै भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा लिने चलन छ ।