काठमाण्डौ,फागुन १८ गते मोरङको उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो २ बजे जाने भएका छन्।
जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ। सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण गरेर सक्ने लक्ष्य छ ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओली देशका विभिन्न ठाउँ पुगेका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा सहभागी हुने गरेका छन्।