खेलकुद

६ बलमा ६ छक्का

By Bala Adhikari

March 04, 2021

श्रीलंका विरुद्धको टी(२० खेलमा पोलार्डले अकिला धनन्जयलाई एक ओभरमानै ६ छक्का प्रहार गरेका छन् । धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा भने ६ बलमा ६ छक्का नै पोलार्डले प्रहार गर्दै छक्काको वर्षा गराए ।

पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी(२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३।१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।

श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस्तै डी सिल्भाले पनि ३ विकेट लियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाए । वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए । श्रीलंकाका लागि सार्वर्धिक रन नै पाथुमको ३९ रन रहै ।

यस जितपछि तीन खेलको सिरिजमा वेस्ट इन्डिजले १(० को अग्रता बनाएको छ।