निरोज बुढाथोकी
तिम्रो मुटुनजिक मलाई सर्न मन लाग्यो तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो ।।
दुःख पिडा तिम्रा सबै उखेलेर फाली रंगीचंगी फूलको बिउ छर्न मन लाग्यो ।।
नौनीजस्तै कोमलतिम्रो त्यो ह्रदय भित्र मह जस्तै मिठो रस भर्न मनलाग्यो ।।
बीच बाटोमा तिम्ले मेरो हात समाइ दिदा । तिमीसंगै जीवन डुङ्गा तर्न मन लाग्यो ।।