समाचार

राजनीति नयाँ चुनावले नै स्थापित गर्ने–नेता थापा

By Bala Adhikari

March 05, 2021

महोत्तरी,फागुन २१ गते कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्।

नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए।

अब नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जानुको सट्टा प्रतिनिधि सभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले भने ।

सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरेकी छन्।