समाचार

नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने–नेता भट्टराई

By Bala Adhikari

March 05, 2021

ताप्लेजुङ,फागुन २१ गते प्रेस सङ्गठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकताको प्रयास भइरहेको बताएका छन्।

उनले भने, नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने,एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको छ ।

नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको,प्रचण्ड–नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।