गौरव राई
गजल
हेर्छु, कसरी बाँच्ने रहेछौ दुर भएर । जान त गएछौ मबाट भरपुर भएर ।।
कुल्चिएछौ यो प्रेम, पोल्नेछ जरुर । फर्कीनेछौ दुई दिनमै आतुर भएर ।।
अझै त बुद्वि छ, हातखुट्टा चल्छन । जिउन सक्छु म पनि महसुर भएर ।।
विदाइको बेला,खुशीले जाउ प्रीय । किन छुट्छौ रिसै रिसले चुर भएर।।