महोत्तरी, फागुन २३ गते प्रदेश सान्सद मन्जु कुमारी यादवले गाउलेलाई छ्लेर वर्थिङ्ग सेन्टरको शिलान्यास गर्दा स्थानीयले बिरोध गरेका छन्, गाउवासीहरुलाई जानकारी नदिई वडावासीलाई पायक नपर्ने स्थानमा वर्थिङ्ग सेन्टर बनाउन थालेपछी स्थानीयले बिरोध गरेका थिए । महोत्तरी जिल्ला कि प्रदेश सान्सद मन्जु कुमारी यादवले आफुखुशि गाउलेलाई थाहा नै नदिई आफन्तलाई नै उपभोक्ता समितिमा राखी आफ्नै घर छेउमा वर्थिङ्ग सेन्टरको शिलान्यास गरि निर्माणको काम सुरु गरेपछि गाउलेहरुले थाहा पाएपछी सान्सद यादवको खुलेर बिरोध गरेका थिए ।
सामाजिक बिकास कार्यालयबाट हाम्रो वडामा वर्थिङ्ग सेन्टर बनाउने योजना रहेको र सोको चिट्ठी सान्सदको हातमा परेपछी सान्सद यादवले नगरपालिका , वडा कार्यालय , गाउवासी कसैलाई पनि नसोधी सो वर्थिङ्ग सेन्टर आफ्नो घर छेउमा बनाउने थाहापाएपछि हामिले वडावासीहरुलाई पायक पर्ने ठाउमा बनाउन आग्रह गर्दा पनि सान्सद यादबले मान्नु भएन स्थानीय धुरन यादवले जानकारी गराउनु भयो ।
यसको बिरोधमा स्थानीय धुरन यादव , बद्री यादव, चन्डेस्वर यादव सहित ४०– ५० जना २५१ जनाको हस्ताक्षर सहित सामाजिक बिकास कार्यालयमा डेलिगेशन बुझाएका थिए ।कार्यालय प्रमुखले काम रोक्ने वचन दिएका थिए साथै वडाको कंचनवनमा वर्थिङ्ग सेन्टर बनाउदा वडाका सबैलाई पायक पर्ने र कसैको बिरोध पनि नहुने स्थानीयले बताए ।
यस बिषयमा बुझ्न सान्सद यादवलाई फोन सम्पर्क गर्न खोज्दा उहाको फोनको स्विच अफ रहेको थियो भने सान्सद यादब पुर्व एमालेबाट समानुपातिक कोटाबाट सान्सद बनेकी हुन ।