समाचार

हामीले आफ्नो निर्णय आफैं गर्न सक्छौँ–नेता पौडेल

By Bala Adhikari

March 16, 2021

पोखरा,चैत्र ३ गते प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित शान्ती पत्रकारिता पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमयी भएको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा कांग्रेस निर्णयमा पुग्न आफूले सुझाव दिएको तर सभापति देउवाले निर्णय गर्न नसक्नुलाई रहसयमयी रहेको पौडेलले भने ।

उनले भने अहिले कांग्रेसलाई अनिर्णयको बन्दी बनेको आरोप लाग्न थालेको छ, हाम्रा सभापतिको उदासिनता भन्ने कि रहस्यमय भन्ने म त पहिले सुरुदेखी नै, कांग्रेस भन्ने पार्टी संसदमा सानो भए पनि नेपालको राजनीतिमा यो पार्टीको ठूलो भूमिका रहेको छ ।

अविश्वास प्रस्ताद दर्ता भएका वाग्मती र प्रदेश नम्बर–१ तथा संघमा रहेको केपी ओली सरकार गिराउन कांग्रेसले ठोस निर्णय गर्नुपर्नेमा देउवाले त्यसो नगरेको र राष्ट्रको राजनीतिलाई जुन अराजकतातिर लैजान खोजिएको छ, त्यसको अन्त्य गर्नुपर्छ भनेर मैले पनि भनिरहेको छु पौडेल भने ।

कांग्रेसले छिटो निर्णय नगर्दा देशमा थरिथरिका अन्तरास्ट्रिय खेल हुँदैछन्, यो खेल हामीले उनीहरुको हातमा जान दिन हुँदैन, हाम्रो प्रणाली, व्यवस्थाको रक्षा हाम्रै हातबाट हुनुपर्छ । हामीले आफ्नो निर्णय आफैं गर्न सक्छौँ भन्ने निर्णय दिन सक्नुपर्छ,कांग्रेसले अहिलेको राजनीतिलाई निकास दिनुपर्छ उनले भने ।