समाचार

नेता अशोक कोइरालाको निधन

By Bala Adhikari

March 18, 2021

विराटनगर,चैत्र ५ गते प्रजातन्त्र पुनः स्थापनापछि विराटनगरको पहिलो मेयर बनेका ७७ वर्षिय नेपाली कांग्रेसका नेता अशोक कोइरालाको राति १ बजे निधन भएको छ ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो, निमोनियासमेत देखिएका कोइराला अचेत अबस्थामा थिए ।

२०४९ मा विराटनगरको मेयर बनेका कोइराला तत्कालीन संविधानसभा सदस्य र कांग्रेस मोरङको सभापतिसमेत भइसकेका कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ समेत हुन् ।

उनको निधनमा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै,मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका सधैँ प्रशंसनिय छ,, भनेका छन् ।

कोइरालाको निधनले कांग्रेसले एउटा असल नेता गुमाएको देउवाको भनाइ छ।