विदेश

एकसपर्टको नया लोगो

By Bala Adhikari

March 23, 2021

अठार बर्ष लामो शैक्षिक यात्रामा आफ्नो सेवालाई बिभिन्न मुलुकमा बिस्तार गर्न सफल एक्सपर्टले आफ्नो पहिचानलाई उजिल्याउने सन्दर्भमा नया लोगो सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ । एक हजार डलर धनराशीको लोगो प्रतियोगिता गरेरे त्यसवाट छानिएको उत्कृष्ट लोगोलाई एक्स्पर्टले आफ्नो ब्रान्डमा जोडेको हो । सो प्रतिस्पर्धामा भारतका डिजाइनर आमीर खानले पहिलो स्थान प्राप्त गर्दै एक हजार डलर हात पारेका थिए । नेपाल , भारत ,बंगलादेश लगायत १३ राष्ट्रमा आफ्नो शाखा बिस्तार गर्न सफल एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले एक प्रतिस्पर्धाबिच आफ्नो नया लोगो छानेको हो । कर्पोरेट बिजनेशमा निलो कलरलाई प्राथमिकताका साथ अगाडि बढाएको एक्सपर्टले भारतमा रहेको डिजाइनर आमिर खानको डिजाइनमा नया लोगो तयार पारेको हो । शैक्षिक परामर्श सेवामा अस्ट्रेलियामा डेढ दशकको यात्रा पार गरेको एक्स्पर्टले आधुनिक युगमा नया आयाम कोर्न र आफ्नो बिश्वासलाई दिगो पार्न पनि नया पहिचान सहितको लोगो प्रयोगमा ल्याएको यसका निर्देशक सन्जिव शर्माले बताए । १८ बर्ष अगाडि एक्सपर्ट प्रारम्भ गर्दा बनाएको लोगोले हाम्रो ब्रान्डिङ गरेपनि यसैसँंग मिल्दोजुल्दो रंगमा नया पहिचान सहित आधुनिक पहिचानयुक्त लोगो अहिलेको आवश्यकता रहेको शर्माले सुनाए । १३ देशमा ४० भन्दा बढि शाखाहरुको बिस्तारसँंगै एक्सपर्टले आफ्नो पहिचानलाई थप शसक्तीकरण गर्नुपर्ने आवश्यकता अनुरुप हामीले नया लोगो प्रतिस्पर्धा मार्फत अगाडि ल्याएका हौ ,एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले सुनाए । यही मार्च १९ तारिखदेखि प्रयोग हुने गरी कम्पनीले आफ्नो नया लोगोलाई आधिकारीक रुपमा अगाडि बढाएको छ । अबका दिनमा एक्सपर्टका सबैखाले काम कारबाहीमा नया लोगोको प्रयोग हुने निर्देशक अर्यालले सुनाए ।