कभर स्टोरी

निर्वाचन अनुगमन टोलीद्वारा १५ वटा सवारी साधन नियन्त्रण

By Bala Adhikari

September 12, 2017

काठमाडौं, भदौ २७ । स्थानीय निर्वाचन आचारसंहिता अनुसन्धान तथा अनुगमन टोलीले पर्सामा आचारसंहिता उल्लंघन गरेको आरोपमा पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले डिजे, लाउडस्पिकर र माइक प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने नेपाली कांग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक ,राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र दुईजना स्वतन्त्र उम्मेदवारले प्रचार प्रसारमा निर्वाचनले तोकेको आचारसंहिता भन्दा बाहिर प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएकोे अनुगमन टोली प्रमुख खेमराज ज्ञवालीले जानकारी दिए ।

चुनाव प्रचारको क्रममा विभिन्न राजनीतिक दलले झण्डा र निर्वाचन चिन्ह अंकित टी–शर्ट, टोपी, गम्छा प्रयोग नगर्न टोलीले निर्देशन दिएको छ । निर्वाचन अनुगमन टोलीले पर्सा जिल्लाका वीरगञ्ज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका र ठोरी गाउँपालिकामा अनुगमन गरेको हो ।