समाचार

हामी मिलेर नयाँ सरकार बनाउने भए झन् राम्रो–नेता श्रेष्ठ

By Bala Adhikari

April 01, 2021

काठमाण्डौ,चैत्र १९ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।

यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो,श्रेष्ठले भने,‘उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ, हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो, तर उहाँहरू छिटो स्पष्ट हुनु प¥यो समेत बताएका छन् ।

श्रेष्ठले आजको बैठकमा राजनीतिक घटनाक्रमबारे विभिन्न दलहरूसँग भइरहेको छलफलबारे कुराकानी भएको र अहिले परिस्थिति अझै स्पष्ट भइनसकेको विषयमा छलफल भएको बताए ।

श्रेष्ठले भने केही दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर हामीले आवश्यक निर्णय गर्छौं,स्थगित केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला छिटै गर्ने विषयमा पनि छलफल भयो ।