धुवां जस्तै उडिरहेको छ जिन्दगी । गाडी जस्तै गुडिरहेको छ जिन्दगी ।।
आसै आसको त्यान्द्रा बुन्दै धर्तीमा । आफ्नाहरु संग छुटिरहेको छ जिन्दगी ।।
कयौं मिठा रहरहरुको बाकस बनाइ । सपनामा जिउन जुटिरहेको छ जिन्दगी ।।
तर्तरी पसिनाका धारा दिनमा बगाएनी । रातमा अभाबले टुटिरहेको छ जिन्दगी ।।
निरोज बुढाथोकी