खेलकुद

एक्सपर्ट कप अन्तर राज्य क्रिकेट प्रतियोगिता यसै साता

By Bala Adhikari

April 07, 2021

भिक्टोरिया नेप्लीज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद बिभागको समन्वय अनि एक्सपर्ट एजुकेशनको प्रायोजनमा यहि आउँंदो अप्रील १० र ११ गते एक्सपर्ट अन्तर राज्य त्रिकोणात्मक क्रिकेट प्रतियोगिता मेलवर्न नजिकै जिलोङमा आयोजना हुने भएको छ । तास्मानिया, न्यु साउथवेल्स र भिक्टोरियाको टोली सहभागि हुने प्रतियोगितामा थुप्रै नेपाली राष्ट्रीय क्रिकेट टोलीमा देखिएका अनुहारहरु समेत मैदानमा देखिने भएका छन । तास्मानिया नेप्लीज क्रिकेट संघको टोलीको नेतृत्व पुर्व राष्ट्रीय टोलीका तेज बलर अमृत भट्टराइ ,उमेर समुहवाट प्रतिनिधित्व गरेका गोबिन्द कार्की, न्युसाउथवेल्सवाट राष्ट्रीय क्रिकेट प्रतीयोगिता खेलेका नविन गुरुङको नेतृत्वमा र भिक्टोरियावाट भने राष्ट्रिय प्रतियोगिता खेलेका पुर्वान्चलका कुशल तुलाधरको नेतृत्वमा सन्दिप यादव लगायतका चिरपरिचित अनुहार मैदानमा उत्रने भएका छन । लिग कम फाइनलको आधारमा दुइ दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र बितरण गरिने आयोजक भिक्टोरिया नेप्लीज क्रिकेट संघका अध्यक्ष सुजित बस्नेतले बताए । अस्ट्रेलियामा छरिएर रहेका प्रतिभाशाली क्रिकेट खेलाडीहरुको मौका परिक्षा र आपसी भाइचाराका लागि प्रतियोगिताको संरचना तयार पारिएको एनआरएन खेलुकद बिभागका सह संयोजक यशवन्त सुबेदीले बताए । उनले यस प्रतियोगिता एनआरएनको छातामुनी रहेर राष्ट्रीय प्रतियोगिताको ढोका खोल्ने अवसरका रुपमा पनि रहेका बताए । स्मरण रहोस नेपाल सरकारले गत वर्षदेखि राष्ट्रीय खेलुकद प्रतियोगितामा एनआरएन टिमलाईपनि सहभागि गराउदै आएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन तथा अन्य सहयोगीहरुमा हंग्री आइज रेस्टुरेन्ट ,थ्रिआरजे, बुद्ध ट्राभल्स , एभरेष्ट ड्राइभिङ, डेस्टीनी लिभिङ , एमएनटीभी, क्याप्कर्न, लालिगुराश लगायत रहेका छन ।